सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज पुनः विश्वासको मत लिने

बागमती प्रदेश सभाको आज दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन्।

 

 

मुख्यमन्त्री जम्कट्टेलले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। नेपाली कांग्रेसका सांसदहरू काठमाडौंमा रहेको र बैठकमा सहभागी हुन नसक्ने जानकारी आएपछि बुधबार बैठक स्थगित भएको थियो।

 

Sana Kishan

केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए।

 

World Link Ads
Mahakali Polytechnic

केही हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अप्लमतमा छन्।

 

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलोपटक गत माघ ३ गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरूले समर्थन गरेका थिए। अन्नपूर्ण पोस्ट बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.