सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिनुहोस् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गर्नुभएको छ ।

बुधवार वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफू हर्षित भएको बताउनुभयो ।

Sana Kishan

अहिले बाध्यताले रोजगारीका लागि वैदेशिक रोजगारीमा जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब देशले सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी भई फाइदा लिन आह्वान गर्नुभयो ।

World Link Ads
Mahakali Polytechnic

उहाँले भन्नुभयो ‘सरकार देश यहाँहरूसँगै छ भन्ने प्रतिबद्धता गर्छु, तपाईँहरू जहाँ भए पनि तपाईँहरूले देशको विकासमा सहयोग पु¥याइरहनुभएको छ, तपाईँहरूलाई माया र सद्भाव छ ।’ उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.