Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्ववियु निर्वाचन : बैतडीका चार क्याम्पसमा तयारी पूरा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका चारओटा क्याम्पसमा भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी पूरा भएको छ । बिहान ८ बजेदेखि मतदान कार्यक्रम सञ्चालन गर्ने गरेर तयारी पूरा भएको क्याम्पसहरुले जनाएका छन् ।

जिल्लाका दुईओटा क्याम्पसमा भने विवाद देखिएको छ । सिगास शिक्षा क्याम्पस गाँजरी र बैतडी शिक्षा क्याम्पस शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएको हो । निर्वाचन समितिले निर्देशिका विपरीत काम गरेको भन्दै बैतडी शिक्षा क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । अहिले निर्वाचनका बिषयमा अनेरास्ववियु र नेविसंघका प्रतिनिधिहरु बसेर छलफल गरिरहेका निर्वाचन समिति संयोजक रामचन्द्र ओझाले बताए ।

यस्तै सिगास शिक्षा क्याम्पसमा नेविसंघको मात्रै मनोनयन परेको भन्दै नेविसंघले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको भएपनि सिगास शिक्षा क्याम्पसले स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरेको छ । अनेरास्ववियुले पत्र दिएपछि सिगास शिक्षा क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

जिल्लाको पुर्चौंडी नगरपालिकास्थित पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको तयारी पूरा भएको छ । यहाँ ४९७ जना विद्यार्थी मतदाता रहेका छन् । यस्तै डिलाशैनी ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा पनि निर्वाचनको तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्रप्रसाद जोशीले बताए । सो क्याम्पसमा ३०२ जना विद्यार्थी मतदाता रहेका छन् ।
यस्तै कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसमा पनि स्ववियु चुनावको तयारी पूरा भएको निर्वाचन समिति संयोजक षष्ठीबल्लभ तिवारीले बताए । सो क्याम्पसमा १९९ जना विद्यार्थी मतदाता रहेका छन् ।

जिल्लाको श्रीकोट बहुमुखी क्याम्पसमा २११ जना मतदाता विद्यार्थी रहेका र तयारी पूरा भएको निर्वाचन समिति संयोजक धनबहादुर खातीले बताए । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
राजनीति

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व