सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हृदयाघात र कार्डियाक अरेस्टमध्ये कुन बढी जोखिमपूर्ण?

पछिल्लो समय मुटुका बिरामी बढेका छन्। मुटुको समस्याबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

अहिले झन् युवामा मुटुको समस्या बढ्ने क्रममा छ। कोरोनापछि ‘कार्डियाक अरेस्ट’ हुनेको संख्या पनि बढेको छ।

धेरै मानिस हृदयाघात र कार्डियक अरेस्टबारे भ्रममा छन्। कार्डियाक अरेस्टलाइ पनि मानिसले हृदयाघातको रूपमा बुझ्ने गरेको पाइन्छ। तर दुईमा भिन्नता छ।

के फरक छ?

Mahakali Polytechnic

कार्डियक अरेस्ट के हो?

World Link Ads

जब मानिसको मुटुको धड्कन एक्कासी बन्द हुन्छ र मुटुले काम गर्न छाड्छ र शरीरको बाँकी भागमा रगत आपूर्ति गर्न नसक्ने अवस्थालाई कार्डियक अरेस्ट भनिन्छ।

Sana Kishan

कार्डियक अरेस्ट हुँदा के हुन्छ?

जब कुनै व्यक्तिलाई कार्डियक अरेस्ट हुन्छ, व्यक्ति केही मिनेटमै बेहोश हुन्छ। यस्तो बेलामा तुरुनै मानिसको उपचार हुन सकेन भने मृत्यु हुने सम्भावना धेरै

कार्डियक अरेस्ट हुने कारण के हो ?

यदि कुनै व्यक्तिको हृदयको मांसपेशी कमजोर छ भने, त्यस्ता व्यक्ति कार्डियक अरेस्टको जोखिममा हुन्छन्।

हृदयघात भनेको के हो ?

हृदयघात कार्डियक अरेस्ट भन्दा धेरै फरक छ र कार्डियक अरेस्ट भन्दा कम खतरनाक छ। जब रगत मानव हृदयमा पुग्छ धमनीमा अवरोध भएमा वा धमनी शतप्रतिशत अवरुद्ध भएमा हृदयाघात हुन्छ।

हृदयघात हुँदा के हुन्छ ?

हृदयाघात हुनुभन्दा पहिले मानिसमा धेरै प्रकारका लक्षण देखिन्छ। यसमा छाती दुख्ने वा छातीमा भारी हुने जस्ता लक्षण देखिन्छ। यसबाहेक सास फेर्न गाह्रो हुनु, पसिना आउनु वा बान्ता हुनु पनि सामान्य लक्षण हुन्। यी लक्षण तुरुन्त वा केही घण्टापछि पनि देखा पर्छन्। लक्षण देखिएपछि समयमै अस्पताल पुग्न सकियो भने हृदयघातको उपचार राम्रोसँग गर्न सकिन्छ।

हृदयघातको कारण के हो ?

खराब जीवनशैली हृदयाघातको कारण हुन सक्छ। जीवनशैली ठीक छैन भने मानिसलाई गम्भीर अवस्थातिर लैजान्छ। गलत खानेकुरा वा राम्रोसँग निद्रा नलाग्नु वा व्यायाम नगर्नु हृदयाघातको सामान्य कारण हुनसक्छ ।

बच्ने उपाय

कार्डियक अरेस्टबाट बच्न केही उपाय अपनाउन सकिन्छ। विज्ञहरु भन्छन् मुटुको उचित हेरचाह गर्ने गर्नु पर्छ। यसो गर्नाले मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ । यसका लागि आफ्नो जीवनशैली स्वस्थ राख्ने, सन्तुलित खानेकुखा खाने, दैनिक व्यायाम गर्ने, तौल नियन्त्रण गर्ने, तनावबाट टाढा रहने, धूमपान–मद्यपान नगर्ने।

समय–समयमा चिकित्सकसँग सल्लाह लिने गर्नु पर्छ। यदि कसैलाई कोरोनरी आर्टरी डिजिज वा मुटुसँग सम्बन्धित अन्य कुनै रोग छ भने समय–समयमा जाँच गराउनुपर्छ। थाहा खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.