बैतडीको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरबाट ७ सय८८ जनाले सेवा लिएका छन्। जिल्लाको सिगास गाउँपालिका २ मा रहेको गाँजरी स्वास्थ्यचौकीमा यहि फागुन २६र२७ गते सञ्चालन भएको शिविरबाट ७ सय ८८ जना बिरामीले सेवा लिएका हुन् ।
जिल्ला अस्पताल बैतडीको आयोजनामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको गाँजरी स्वास्थ्यचौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए । दुई दिने शिविरमा जिल्ला अस्पताल बैतडीका विशेषज्ञ डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलिले सेवा दिएको उनले बताए ।
शिविरमा ५६० महिला र २२८ पुरुषले सेवा लिएका जिल्ला अस्पताल बैतडीले जनाएको छ । उक्त शिविरमा ३२९ जनाले सामान्य चेक जाँचसेवा लिएका छन् । यस्तै १५६ जनाले हाडजोर्नि सेवा, १३१ जनाले नाक कान र घाँटी सम्बन्धी सेवा, ८९ जना बालबालिका र दाँत सम्बन्धी समस्या भएका ९३ जनाले सेवा लिएका बताइएको छ ।
यस्तै ११० जनाको भिडियो एक्सरे सेवा १२ जनाले इसीजि सेवा लिएका छन् । यसअघि जिल्लाको पञ्चेश्वर गाउँपालिकामा गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । जिल्ला अस्पतालले गाउँघर चिकित्सक कार्यक्रम अन्तरर्गत पाइक पर्ने स्थानमा गएर निःशुल्क सेवा दिन थालेपछि नागरिकहरुलाई सेवा लिन सहज भएको छ । अस्पताको पहुँच बाहिर रहेका दुर्गम ठाउँका नागरिकहरु सेवा पाउँदा खुसि पनि भएका छन् । सगुन खबर बाट सभार