सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको डिलाशैनीमा निःशुल्क स्वास्थ्य शिविर,हाँडाकोटमा १सय ११ जनाले सेवा लिए

बैतडीको डिलाशैनी गाउँपालिकाले नागरिकहरुलाई निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे सेवा दिन थालेको छ । अस्पताल पहुँच भन्दा बाहिर रहेका पालिकाबासिहरुलाई निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिन थालेको हो ।

दुर्गम भेगका नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न अहिले घुम्ती शिविर मार्फत निशुल्क सेवा प्रदान भइरहेको डिलाशैनी गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेश बहादुर खातीले जानकारी दिए । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरेर सेवा प्रदान भइरहेको उनले बताए ।

बिहीवार वडा नं ४ को हाँडाकोट स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरबाट १ सय ११ जनाले सेवा लिएका छन् । प्रस्तावित अस्पताल धामी गाउँमा कार्यरत डाक्टर प्रदिप गुरुङको नेतृत्वमा गएको टिमबाट ८० जनाले ओपिडी सेवा लिएका छन् ।

यस्तै १२ जनाको खकार परिक्षण गरिएको छ भने १३ जना गर्भवती महिलाले निःशुल्क अल्ट्रासाउन्ड सेवा लिएका छन् । यसैगरि ६जना अपाङ्गता भएका व्यक्तिको अपाङ्गता परिचयपत्रका लागि स्वास्थ्य जाँच गरिएको जनस्वास्थ्य अधिकृत खातीले बताए । क्षय रोगको सम्भावित जोखिम कम गर्नका लागि खकार परीक्षण पनि भइरहेको उनले बताए । यो अभियान सबै वडामा लागु हुने बताइएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds