Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यस्तो छ आजको राशिफल !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २२, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२०७९ फागुन २२ गते, सोमवार, ६ मार्च २०२३ हो । फाल्गुण शुक्लपक्ष चतुर्दशी तिथि, १६ः२८ बजेदेखि पूर्णिमा। मघा नक्षत्र। चन्द्रराशि– सिंह।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। अरूलाई दिन ठिक पारेको धनमाल आफैंलाई आवश्यक पर्न सक्छ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। व्यापार बढ्नाले लाभ हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। सहयोगीहरूको साथले नयाँ काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहार समेत प्राप्त हुन सक्छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरका लागि केही दौडधुप र लगनाी गर्नुपर्ला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। तापनि, कर्जामार्फत धन जुटाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। तत्काल केही खर्च लागे पनि दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। परोपकारी काम सम्पादन हुनेछ। यात्राको साइत पनि जुर्ने सम्भावना छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिने सम्भावना छ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अर्थअभावले पनि सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ अवसर प्राप्त भए पनि गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चापबाट फुर्सद पाइनेछ। सुरुमा खर्च लागे पनि व्यवसायले आम्दानी दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। मकालु खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व