Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मानसखण्डको होली : विविधतामा एकता –डा. कलौनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २१, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

होली विविधखाले समाजको सांस्कृतिक पर्व हो । हिन्दू पचाङ्ग अनुसार प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । वसाइँ सराइँको क्रममा होली अन्तर्राष्ट्रिय पर्व भैसकेको छ । विशेषतः हिन्दू बाहुल्य भएको नेपाल र भारतमा प्राचीनकालदेखि मनाइदै आइएको पर्व हो ।

होली पर्वमा मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू लगाएर रङ्गिन बनाउछन् । रङ्गको माध्यमले पुरानो दुष्मनी वा कटुता समाप्त गरी भाइचारा सम्बन्ध पुनः स्थापित गर्छन् । होलीको रङ्ग घरपरिवारका सानाठूला, इष्टमित्र, साथीभाइ, छिमेकी आदिलाई लगाइन्छ । फागुन पूर्णिमाको दिन केटाकेटी, युवायुवती र प्रौढ समेतअबीरवा पानीको घोलेको रङ्ग पिचकारीमा भरेर एकअर्कामा लगाउने वा छ्याप्ने गर्दछन् ।

होलीको ऐतिहातिकताःकाली–कुमाऊँको इतिहास अनुसार ११औं शताब्दीमा कत्युरी राजवंशलाई हटाएर चन्दराजाहरुले शासन गरे । चन्दराजाहरुलाई हटाएर गोरखालीले शासन गरे । गोरखालीको शासनलाई अङ्ग्रेजले परास्त गरी आफ्नो हातमा लिएर कूमाऊँ–गढवाल सदाका लागि भारतको हातमा परेको छ ।

चन्द राजाहरुको शासन कालमा काली–कुमाऊँको राजधानी चम्पावतमा थियो । चन्दराजाहरुले मानसखण्डमा चलाइएका साँस्कृतिक चाडपर्व गोरखाली र अङ्ग्रेज पनि हटाउन सकेनन् । राजनीतिक परिवर्तन भैरहे पनि साँस्कृतिक हस्तक्षेप गर्न सकेनन् । कत्युरी वंशलाई हटाएपछि शासनमा उदाएका चन्द राजाको शासनकाल सन् १८१५ सम्म कुमाऊँ मण्डलमा थियो । त्यसै समयमा चलाइएका चाडपर्व मध्ये होली पनि प्रमुख पर्व हो । जसको निरन्तरता गोरखा राज्य हुँदै नेपाली समाजले पनि अवलम्बन गरिरहेको छ ।

होली संगीत र रङ्गको पर्व हो । प्रकृतिले वसन्तोत्सवमा आफ्नो यौवनलाई रङ्गी बिरङ्गी स्वरुपमा उदायमान गर्छे । वनपाखामा कोयली, न्याउली लगायत अनेकन चराचुरुङ्गीले गीत गाउछन् । बोटविरुवामा हरियालीसँगै फूल्छन् । भमरा र माहुरीले फूलको रस्वादन गर्छन् । खेतबारीमा सरसौं पहेँलपुर हुन्छन् । गहुँबाला खेतगह्रामा झुल्छन् । फलफूलमा आकर्षक सुगन्ध प्रवाहले मौसम सुगन्धित हुन्छ । बोटविरुवा, पशु–पन्छी र मानिसले प्रकृति प्रदत्त उल्लासमय वातावरणमा होली पर्वको रङ्गमा रङ्गिने सुअवसर पाउछन् । बालबालिकादेखि बृद्धबृद्धासम्म सबैलाई वसन्तले ब्युझाउछ । फागुमा बजाइने ढोकल, मुजुरा र चिम्टाको आवाजले पहाडका कुना कन्दरा र तराईमा फाँट–फाँटमानृत्य–संगीतले रङ्गी–बिरङ्गी उत्सवको सिर्जना हुन्छ । चारैतिर हर्षोत्लासको रङ्गीन वातावरण हुन्छ ।

मानसखण्डको होलीको इतिहासःहोली प्राचीन लोकपर्व हो । यसलाई होली, होरी, होलिका, फागु, वसन्तोत्सव, काम–महोत्सव आदि विभिन्न नामले सम्बोधन गरिन्छ । वसन्त ऋतुमा मनाइने हर्षोल्लासको पर्व हो । मानसखण्डमा मनाइनु पूर्व यसको इतिहास चन्द राजाहरुको शासनसँग जोडिएको पाइन्छ । मानसखण्डमा मनाइने होलीको ऐतिहासिक उत्पत्ति१५औं शताब्दीमा चन्द राजाको राजधानी चम्पावतदेखि प्रारम्भ भएको पाइन्छ । पहिले राजाको दरबारमा होली मनाइन्थ्यो । त्यसपछि विस्तारै उनका नाताकुटुम्ब र छिमेकमा मनाइन थालियो । विस्तारैहोलीले समग्र मानसखण्ड (काली–कुमाऊँ) को पर्वको रुपमा स्थापित भयो ।

मनानसखण्डकोऐतिहासिक पक्ष किंवदन्तीका रुपमा पुस्तान्तरण हुँदै आएकोले जसले जे भन्यो त्यहीँ अडकलमा इतिहास बुझिन्छ । मानसखण्डको लेख्य इतिहास छैन् । ऐतिहासिक रुपरेखाको रेखाङ्कन गर्न कठिन छ । इतिहासका कयौं सन्दर्भ धार्मिक, सामाजिक र पुरातत्वसँग जोडिएका छन् । प्राचीन ऐतिहासिक सोध, खोज र अनुसन्धान गर्नुको सट्टा धार्मिक आवरणको जामा लगाइदा कयौं ऐतिहासिक प्रमाण लोप भैसकेका छन् । होलीमा आउने प्रसङ्गहरु जस्तैः शिव, दिगम्बर, ब्रजधाममा राधा र कृष्ण, राम र सीताआदिलाई राष्ट्रियताको आवरण ढाल्दा भाषिक स्थानीयकरणले होलीको वास्तविक स्वरुप हराउन थालेको छ ।

जस्तैः हिन्दीमा भएको होलीको सन्दर्भमा

मथुरा में खेलें एक घडी ।। (नेपाली– मथुरामा खेल्यो एक घडी ।)

हे मथुरा में खेलें एक घडी ।। (हे मथुरामा खेल्यो एक घडी ।।)

काहे के हाथ में डमरू बिराजे।। (नेपाली– कसको हातमा डमरु रहे छ ।)

हे काहे के हाथ में डमरू बिराजे ।।(नेपाली– कसको हातमा डमरु रहे छ ।)

अर्को सन्दर्भ

झुकी आयो शहर से ब्योपारी (नेपालीमा– झुकी आयो शहरमा व्यापारी)

इस ब्योपारी को भूख बहुत है (नेपालीमा– यो व्यापारीलाई भोक लागे छ)

पूरियाँ पकाई दे नथ वाली (नेपाली– पुरी पकाइ दे नथवाली ) । यस्तै यस्तै‘..।

होलीमा वाद्यवादन र संगीतः होलीमा लोकगीतसँगै वाद्यवादनको पनि उतिकै महत्व छ । ढोलक, मुजुरा, चिम्टा आदि बजाइन्छन् । विशेष लोकगीतको सन्दर्भमा मादल र तालीको प्रयोग गरिन्छ । शास्त्रीय, उपशास्त्रीय, लोकगीत र फिल्मी संगीतले होली पर्वलाई विशेष महत्व दिएको छ । शास्त्रीय संगीतमा धमार (थारु जातिले गाउने लोकगीत) होलीसँग गहिरोसम्बन्ध रहेको छ । होलीमा ठुमरी (गीत वा राग) सँगै संगीतनृत्य गरिन्छ । होली कथक नृत्यमा पनि खेलिने भए पनि व्यवहारमा देखिदैन् । धमारर ठुमरीमा कन्हैयासँग सम्बन्धित लोकप्रियलोकगीत गाइन्छन् । होलीका विशेष गीत पनि छन् । उपशास्त्रीय संगीतका हिसाबले चैत, दादरा र ठुमरी प्रसिद्ध हुन् । होलीमा संगीतको लोकप्रियता पहिलेदेखि छ । संगीतको विशेष शैली नै होली हो ।

भारतीय इतिहासका अनुसारःचम्पावतमा चन्द राजाहरुको राजधानी कायम हुनु अगाडि पनि आर्य समाजमा होली मनाइन्थ्यो । प्राचीन भारतीय इतिहासकारका अनुसार आर्यहरुमा होली पर्व पूर्वी भागमा मनाइन्थ्यो । प्राचीन धार्मिक पुस्तकहरुमा यसबारे वर्णन गरिएको पाइन्छ । जस्तैः जैमिनीको पूर्व मीमांसा–सूत्र र कथा गार्ह्य–सूत्र। नारद पुराण रÞ भविष्य पुराण। संस्कृत साहित्यका साहित्यकारहरुले पनि वसन्त ऋतु र वसन्तोत्सवकाबारेमा अनेकन प्रसङ्गमा वर्णन गरेका छन् ।

सुप्रसिद्ध मुस्लिम पर्यटक अलबरूनीले पनि आफ्नो यात्रा संस्मरणमा होलिकोत्सवको वर्णन गरेका छन् । भारतीय मुस्लिम कविहरुले आफ्नो साहित्यिक रचनामा होलिकोत्सवलाई मुसलमानहरुले मान्ने गरेको उल्लेख गरेका छन् । मुगल कालमा होली पर्वलाई मनाइने गरेको हुँदा अकबरले जोधाबाईसँग र जहाँगीरले नूरजहाँसँग होली खेलेको वर्णन पाइन्छ । मध्ययुगीन हिन्दी साहित्यमा कृष्णलीला सम्बन्धी उल्लेख पाइन्छ ।

होलीकाको स्थापना– हिन्दू पचाङ्ग अनुसार फागुन महिनाको पूर्णिमामा होलीको प्रारम्भ चीर गाडेर हुन्छ । मेल वा बाँसको लिङ्गो पवित्र स्थानमा गाडिन्छ । सोही स्थानमा सहभागीहरुले वृताकारमा घुमेर होली गाउछन् । होलीलाई नृत्य पनि भनिन्छ । नाचेर गाउदै पूजाआजा गर्छन् । चीरलाई प्रह्लादको दृढ प्रतिज्ञाको संकेत मानिन्छ भने चीर दहन गर्दा सोहीलाई हिरण्यकशिपुका कुविचारलाई समाप्त भएको अर्थमा लिइन्छ ।

होलीको पौराणिक कथाःपौराणिक कथामा दैत्य राजाहिरण्यकशिपु, प्रह्लाद र होलीकाको सम्बन्धी कहानी आउछ । नारद पुराणका अनुसार दैत्यराजा हिरण्यकशिपु भगवान विष्णुका घोर बिरोधी थिए । उनको छोरा प्रह्लाद जन्मजात विष्णुभक्त थिए । छोरा विष्णुभक्तिमा तल्लिन भएको देखेपछि हिरण्यकशिपुले उनको ध्यान अन्यत्र लगाउन धेरै प्रयन्त गरे । छोराले विष्णुको ध्यान गर्न नछाडे पछि उनले अनेकन प्रताडना दिन थाले । हिरण्यकशिपुले प्रह्लादलाई विष्णुको नाम नजप्न आदेश दिए । उनले मानेनन् । प्रह्लादलाई अनेकन दण्ड र सजाय दिलाउन लगाए ।

प्रह्लादले साधना गरी भगवानबाट शक्ति प्राप्त गरेका थिए । छोराको कुरा सुनेर अहंकारी हिरण्यकशिपु क्रोधित हुन्थे । छोरालाई सम्झाउन नसकेपछि सिपाहीबाट अनेकन सजाय दिन लगाए। उनलाई जङ्गलमा लगेर विषालु सर्प भएको स्थानमा छाडियो । सर्पले टोकेर मृत्यु नभएपछि उनी आश्चर्यमा परे । त्यसपछि आफ्नी बहिनी होलीकासँग सहयोग मागेर प्रह्लादलाई काखमा राखी आगाको घुनीमा बस्न लगाए । होलीकाले आगोमा नजल्ने वरदान पाएकी थिइन् । दाइको आदेशले उनी प्रह्लादलाई काखमा समातेर आगाको धुनीमा प्रवेश गरिन् । होलीका आगोमा पस्दा उनी जलेर मरिन । प्रह्लादलाई आगोले जलाएन । सोही खुशीमा सत्यको जित र असत्यको हार भएकोले होलीका दहन गरिने प्रचलन चलेको लोकोक्ति छ ।

मानसखण्डको होलीः प्रायः बैतडी, दार्चुला, डडेल्धुरा, अछाम लगायतका जिल्लामा होली समूहमा खेलिन्छ । समूहमा खेलिने होलीमा सेतो सर्ट र पाइजामा लगाइन्छ । पारम्परिक र लोकगीत गाउँदै ढोलक, मुजुरा र चिम्टाको संगीतमय होली खेलिन्छ । होलीवाला गाउँघरको घरआँगनमा गोलाकर वृतमा होलीको गीत गाएर होली खेल्छन् । होली खेलिने घरधनीले स्वागत स्वरुप रङ्ग छाप्ने, मिष्ठान्न तथा फलफूल खुवाउनेर दक्षिणा स्वरुप पैशा सहित थालमा अबीरटीका दिने प्रचलन छ । होरी खेल्ने मध्ये एकजनाले पैशा राख्छ र अबीर सबैको निधारमा प्रसादको रुपमा लगाउछ ।

प्रत्येक गाउँकाले आ–आफ्नै समूह बनाएर होली खेल्छन् । लोकगीतमा प्रह्लादको भक्ति, कृष्ण लिला, रामलिला लगायत समसामयिक बीरगाथ गाइन्छन् । रमाइलोको लागि झ्याउरे, लोकगीत आदि गाएर नाच्ने गरिन्छ । होलीमा ब्रज, मथुरा, बृन्दावन, अयोध्या, जनकपुर आदिका अनेकन प्रसङ्गले गीतसंगीत गाइन्छ । गाउँघर जाने क्रममा बाटोमा पर्ने देवदेवताको मन्दिर परेमा पूजा अर्चनास्वरुप होली खेलिन्छ ।

आर्थिक सहयोग संकलनः केटाकेटीले प्रायः होलीबाट संकलन गरेको पैशाले मनोरञ्जन गर्न वनभोज गर्छन् । युवा तथा वयस्कले होलीबाट प्राप्त गरेको रकमकलमले सार्वजनिक निर्माण, संघसंस्थाको कोष स्थापना, मनोरञ्जन गर्न वनभोज आदि गर्ने गर्दछन् । सार्वजनिक निर्माणमा पाटी पौवा, स्कुल, मन्दिर, पानीपँधेरो, बाटोघाटोनिर्माण गर्दछन् । कुनै संघसंस्थाको आर्थिक अवस्था कमजोर छ भने कोषको सुदृढिकरणका लागि आर्थिक सहयोग जुटाउन होली खेलिन्छ । आजभोलि राजनीतिक दलहरुले पनि पार्टीको कोष स्थापनार्थ होली खेल्ने गर्छन् ।

होली समूहको संरचनाः होली खेल्ने समूहमा पूरूष–पूरूष, महिला–महिला, केटा–केटा र केटी–केटीको अलग–अलग समूह बनाएर खेल्छन् ।

अबीर लगाएर मनाइने होलीः एकआपसमा समूह बनाएर मनोरञ्जन गरी रङ्गको माध्यमले प्रेम सद्भाव साटासाट गरिन्छ । यसरी खेलिने होलीमा लोकगीत, वाद्यवादन र आर्थिक श्रोत जुटाउने कार्य हुँदैन् । एकआपसमा भेटघाट र मनोरञ्जन प्रमुख उद्देश्य हुन्छ । देवर–भाउजु वा नन्द–भाउजुका बीचमा रङ्ग लगाउनेको प्रतिस्पर्धा हुन्छ ।

लोला वा पिचकारी हान्नेःकेटाकेटीले होलीको बहानामा बाटोमा हिँड्ने जोकोहीलाई निसाना बनाएर लोला हान्ने वा पिचकारीमा रङ्ग भरी छ्याप्ने गरिन्छ ।

छ¥यौलः होलीको अन्तिम दिन अर्थात् पूर्णिमाको दिनलाई छ¥यौल भनिन्छ । यसदिनमा हिलो, गोबर वा अन्य अस्वस्थ्यकर रङ्गको प्रयोग गर्ने गरिन्छ । रङ्गको माध्यमले अभद्रताको प्रयोग हुन्छ । मादक पदार्थ, भाङ गाजा खाएर झैझगडा हुने, दुष्मनी हुने, ख्यालठट्टामा हिंसा निम्तिने सम्भावना प्रवल हुन्छ ।

मानसखण्डमा होली लोकपरम्परामा आधारित मानिन्छ । लोकमान्यता अनुसार समूह बनाएर होली खेल्ने समूहले अनिवार्य रुपमा चीर गाड्ने गर्दछन् । चीर नगाडी आर्थिक संकलन गर्न पाइदैन् । चीरले होलीको वैधानिकता प्राप्त गर्दछ । चीर गाड्दा सार्वजनिक पवित्र र सुरक्षित स्थानमा गाडिन्छ । गाउँगाउँमा होली पर्व समूहमा मनाउने हुँदा जातिय भेदभाव हुँदैन् । चीरमा नयाँ र सफा रङ्गीबिरङ्गी धजा–नेजा टाङ्छन् । रङ्गी बिरङ्गी कपडाका टुक्राले चीर सजाइन्छ । लिङ्गोमा फागुन शुक्ल अष्टमीका दिन रङ्गी बिरङ्गी कपडा टाँगिने हुँदा लिङ्गो नभनीकन “चीर” गाड्ने नै भनिन्छ ।

होलीको सन्देशःअहिले नेपाली समाजमा कयौं चुनौति र समस्या छन् । राजनीतिक अस्थिरताले राष्ट्रिय एकता एवं सद्भावमा खलल पुगिरहेको छ । समाज एकअर्कामा विभाजित र वैमनस्यग्रस्त छ । यहीँ मनस्थितिमा देशलाई अगडि लैजान सकिदैन् । तिहार र पर्वको वहानामा समाजमा जागरूकता र क्रियाशीलताको सन्देश दिनु आवश्यक छ । एकलेअर्काको अनुहारमा दल्ने रङ्गको प्रत्येक कण–कणले नकारात्मक विचारलाई समाप्त गर्न सकोस् ।

नराम्रो प्रवृति होलीकासँगै दहन होस् । अबीरको रातो रङ्गसँगै उल्लास साँटियोस् । अनावश्यक र हानिकारक वस्तुको नास होस् । राजनीतिक शीर्ष नेतृत्वको तनमनमा भएको कलुषित कालो विष, कुर्सीलोलुपता, परिवारवाद र भ्रष्टाचारमय फोहर होलीकासँगै जलोस् । युवापलायन रोकिएर देश भित्र संघर्ष गर्ने शक्ति मिलोस् । युवावर्गमा नयाँजोश, जाँगर, जागरूकता, क्रियाशीलता, विचारशीलताले देशको नेतृत्व लिन सक्ने वातावरण बनोस् । होली पर्वको हार्दिक शुभकामना !

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व