सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्ववीयु निर्वाचन : आज मतदाता नामावली प्रकाशन

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको सूची प्रकाशन गरिँदैछ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता सूची प्रकाशन गरिने भएको हो। यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो। आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ।

यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ। फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। थाहा खबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.