सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी – ६ लालपुरमा स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

418
Sana Kishan

कैलालीको गोदावरीमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ६ लालपुरमा (आज) शनिबार बिहान से १ क २०४१ नम्बरको स्कुल बसको ठक्करबाट पैदलयात्री ६५ वर्षीय बाटुबटे आलेमगरको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Karnali Traders

महिलाको मृत्युपछि पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। बस अत्तरियाको साइपाल बोडिङ्ग स्कुलको हो।

Arus

घटना पछि आक्रशित स्थानीयले सडकमा ढुङ्गा राखेर सडक अवरुद्ध पारेका छन् भने टायर समेत जलाएका छन् । बसका चालक धनगढी उपमहानगरपालिका १३ का तुल्सीराम राम चौधरी ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.