Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लिग–२ : सन्दीपको सशक्त प्रदर्शनका वावजुद नेपाल ६८ रनले पराजित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १८, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको विश्वकप छनोट लिग–२ को आजको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।

खेलमा युएईले नेपाललाई जितका लागि दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर १ बल खेल्न बाँकी रहँदै १३९ रनमात्र बनाएर अल आउट भयो।​

युएईले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरे पनि नेपालले खेल जित्न सकेन। उनले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए।

अन्तिम विकेटका रुपमा मैदानमा उत्रिएका उनले २४ बल खेलेर ४ चौकाको सहायताले २६ रनमा अविजित रहे। उनले अन्तिममा आएर राम्रो ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन।

नेपालका लागि सर्वाधिक ६० रन कुशल मल्लले जोडे। उनले अर्धशतकीय पालीमा ५३ बलको सामना गरी १ छक्का र ९ चौका प्रहार गरे। एक छेउबाट नेपालको विकेट लगातार खसिरहँदा अर्को छेउमा भने कुशल मल्लले सम्हालिरहे।

​ज्ञानेन्द्र मल्ल‚ कप्तान रोहित पौडेल र आरिफ शेख तीनैजनाले कुनै रन बनाउन सकेनन्। नेपालका लागि कुशल मल्ल‚ आसिफ शेख र सन्दीप लामिछानेबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको शुरुवात खराब रह्यो। नेपालका लागि ओपनिङमा आएका कुशल भूर्तेल मात्र ६ बलको सामना गरेर व्यक्तिगत ५ रन जोडेर कुल स्कोर १२ रनमा आउट भए। उनी दोस्रो ओभरमै आउट भएका थिए।

यसपछि क्रिजमा आएका ब्याटर ज्ञानेन्द्र मल्ल पनि जम्मा ६ बलमात्र खेलेर तेस्रो ओभरमै डक आउट भए। उनी आउट हुँदा नेपालको कुल स्कोर १५ रनमात्र थियो।

ज्ञानेन्द्र आउट भएपछि नेपालको ब्याटिङ सम्हाल्न आएका कप्तान रोहित पौडेल पनि तेस्रो ओभरमा नै मात्र २ बलको सामना गरेर शून्यमा नै आउट भएपछि नेपालसामु संकट उत्पन्न भयो। रोहित आउट हुँदा नेपालको कुल स्कोर १७ रनमात्र थियो।

यसपछि नवौं ओभरमा अर्का ओपनर आसिफ शेख पनि कुल स्कोर ५४ रन हुँदा व्यक्तिगत १७ रन बनाएर आउट भए।

नेपालको स्कोर ६५ रहेका वेला १२ औं ओभरमा आरिफ शेख पनि १० बल खेलेर डक आउट भए। यति वेलासम्म १२ ओभरमा नेपालले ५ विकेटको क्षतिमा जम्मा ६५ रनमात्र बनाएको थियो।

नेपालको कुल स्कोर ९३ रहेका वेला एक छेउमा ’वाल’ बनेर ५३ बलमा ६० रन बनाएका कुशल मल्ल १९ औं ओभरको पहिलो बलमै आउट भए।

उनी आउट भए लगत्तै अर्को ओभरमा दीपेन्द्रस्हि ऐरी २३ बलमा जम्मा ७ रनमात्र बनाएर बोल्ड हुन पुगे। यति वेला नेपालले जम्मा ९९ रनको स्कोरमा ७ विकेट गुमाउन पुग्यो।

नेपालको स्कोर १०७ रन हुँदा ८औं विकेटका रुपमा सोमपाल कामी पनि आउट भए। उनले २४औं ओभरमा उनी आउट हुनुअघि १३ बल खेलेर जम्मा ४ रनमात्र जोड्न सके।

कुल स्कोर १०७ रन हुँदा नै २५औं ओभरमा गुल्शल झाका रुपमा नेपालको नवौं विकेट खस्यो। उनले १८ बल खेलेर ४ रन बनाए।

नेपालको अन्तिम विकेटका रुपमा करण केसी आउट भए। कुल स्कोर १३९ रन हुँदा उनी २० बलको सामना गरी ५ रन बनाएर आउट भए।

युएईका रोहन मुस्तफा र कार्थिक मेयप्पनले ३÷३ विकेट लिए। जुनैद सिद्दिकीले २ तथा साबिर अली र जहुर खानले १÷१ विकेट लिए।

नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि युएई पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको थियो। ​उसका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरे।

रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय पाली खेले भने आर्यन लाक्राले २८ रन बनाए। कप्तान सिपी रिजवानले २२ र वृत्य अरबिन्द १८ रन बनाएर आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। करण केसी, कुशल मल्ल र आरिफ शेखले १÷१ विकेट लिए।

यो शृंखलामा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको थियो। तर ​पपुवा न्युगिनीले भने युएईलाई १३१ रनको ठूलो अन्तरले पराजित गरेको थियो।

सन् २०१९ देखि शुरु भएको विश्वकप लिग–२ का शृंखलामा नेपालले विदेशमा खेल्ने यो अन्तिम त्रिकोणात्मक शृंखला हो।

यो शृंखलापछिका बाँकी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ। पिएनजीमा खेलिनुपर्ने यो शृंखला मैदान ठिक नभएकाले युएईमा सारिएको थियो। थाहा खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व