सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुने

बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । क्याम्पस सञ्चालक समितिको आज बसेको बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले जानकारी दिए ।

सेटीगाउँ बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस भएकाले त्रिविले तोकेकै मिति चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको अध्यक्ष बिष्टले बताए ।

Sana Kishan

स्ववियु निर्वाचन सम्पन्न गर्नका लागि क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचनमण्डल समेत गठन गरेको छ । निर्वाचन मण्डलको सदस्यमा गणेशसिंह धामी र दिनेशराज भट्ट रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले चैत ८ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेपछि अहिले बैतडीका क्याम्पसहरुमा समेत स्ववियु निर्वाचनको तयारी भइरहेको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.