
कञ्चनपुर – मंसिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन ताका कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताका बिच गरेको वाचा अनुरूप महेन्द्रनगर मझगाउँ विमानस्थलको कामलाई तदारुकताका साथ अगाडि बढाउनु भएको छ। उहाँ निर्वाचित भएको केहि समय पछिबाट विमानस्थल निर्माणकार्यले गति लिएको छ। विमानस्थल निर्माणकार्य पूर्ववत् सरकारका पालामा ठेक्का सम्झौता भई काम शुरुवात भएता पनि हाल निर्माणकार्यले निकै गति लिएको छ। कञ्चनपुरको महेन्द्रनगर मझगाउँ विमानस्थल सुदूरपश्चिम प्रदेशकाे महाकाली अञ्चलमा रहेकाे एक ऐतिहासिक विमानस्थल पनि हाे। यस विमानस्थल काे सञ्चालन सँगै समग्र सुदूरपश्चिमको पर्यनमा बृद्धि हुनुका साथै यस जिल्लाका आम नागरिककाे आर्थिक अवस्थामा समेत निकै परिवर्तन आउने कुरा स्थानियकाे बुझाई रहेिआएकाे छ।

हाल १५२५ मिटर लम्बाईकाे पक्की धावनमार्ग, एप्राेन र टेक्सी वे काे निर्माण कार्य चलिरहेको छ। निर्माणकार्यको जिम्मा पाएकाे कान्छाराम एण्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवका भनाइ अनुसार निर्माणकार्य तोकिएकै समयमा सम्पन्न हुनेछ। मझगाउँ विमानस्थल निर्माणका लागि दोधाराचाँदनी नगरपालिकाकाे १०%, भीमदत्तन गरपालिकाकाे १५% , सुदूरपश्चिम प्रदेशकाे २५% र संघीय सरकारकाे ५०% काे सहलगानीका लागि समझदारीमा हस्ताक्षर गरि बजेट बिनियोजन गरेकाे छ। करिव २२ बर्ष देखि बन्द रहेकाे मझगाउँ विमानस्थल पुनः सञ्चालन गरिनुपर्छ भनेर स्थानियहरुले माग गर्दै बिभिन्न समयमा दवाव मुलक कार्य गर्दै आउनु भएको थियो। उक्त अभियान लाई कञ्चनपुर उद्योग वाणिज्य संघ, हाेटल व्यावसायी संघ, निर्माण व्यवसायी संघ, पर्यटन व्यवसायी, राजनीतिक दल तथा भातृ संगठन , पत्रकार, उद्योगी व्यापारी , जिल्लामा रहेका सबै संघसंस्था , सरकारी तथा गैरसरकारी कार्यालय सबैकाे ऐक्यबद्धताका साथ अगाडि बढाउँदै आजकाे दिनमा याे प्रगति हामिले हेर्न र देख्न पाएका छाै भन्नु हुन्छ पुर्व शिक्षक एवम् समाजसेवी जनक प्रसाद जाेशी। उहाँ थप्नु हुन्छ, गौचरणमा रहेकाे विमानस्थलबाट चाँडै जहाज चढेर राजधानी सम्म जाने इच्छा पुरा हुने भयाे, यसका लागि यसक्षेत्रबाट निर्वाचित निवर्तमान एवम् वर्तमान सांसद, मेयर वडा अधक्ष्य सबैलाई धन्यवाद । तत्कालीन अवस्थामा सामाजिक सञ्चालन बाट विमानस्थल सञ्चालन गरिनुपर्छ भन्दै अभियान थालनि गर्ने स्थानिय युवा राजेन्द्र बहादुर चन्द, ज्ञानेन्द्र महता, सिद्ध राज भट्ट, लाेकेश भट्ट, अम्बा तिवारि, चन्द्रदेव बडु, कृष्ण पाण्डे, करन पाल, लगाएतकाे समुहले सबैलाई गौचरणमा रहेकाे बिमानस्थलमा नै भेला बाेलाई उक्त भेला बाट पुर्व वन अधिकृत रमेश बहादुर चन्द लाई संयाेजक ताेकि मझगाउँ विमानस्थल पुनः सञ्चालन समित गठन गरेर अगाडि बढेकाे अभियानले आजका दिन सम्म आईपुग्दा सार्थकता पाएकाे छ।

पुरानो चलनचल्तीमा रहेकाे विमानस्थलको दक्षिण तर्फ रहेकाे सरकारी जग्गा ( वि स २०५१ सालकाे राजपत्र ले विमानस्थलको भनेर उल्लेख गरेकाे क्षेत्र ) मा निर्माणकार्य हुँदै गर्दा केही समयका लागि निर्माणकार्यमा अवरोध जस्ताे देखियता पनि हाल आएर उक्त ठाउँमा कुनै पनि बाधा अवरोध छैन। उक्त स्थानमा विमानस्थलको निर्माणकार्य हुनु अगाडि स्थानीयले साे ठाउँलाई संरक्षण गरि घास दाउराका लागि भनेर केही भागमा वृक्षारोपण ( रत्नवाटीका क्षेत्र ) गरेका थिए भने केही भागलाई नेपाली सेनाले खेलमैदानका (जसकाे नेपाली सेनाले पुर्जा बनाएकाे थियाे) रुपमा प्रयाेगमा ल्याएकाे थियाे। हालका दिनमा आएर उक्त दुबै क्षेत्रमा निर्बाध काम गर्न दिने भनेर रत्न उपभाेक्ता समुहका सदस्य र नेपाली सेना दुबै बाट निर्माणकार्यमा सहयाेग र सहकार्य गर्ने भनेर सहमति भएको छ।
