कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट जिल्लाको जानकी गाउँपालिका–४ मुनुवाका ७१ वर्षीय ठग्न कठरियाको ज्यान गएको हो ।
प्रहरीका अनुसार से.६ प ६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कठरियाको आइतबार साँझ मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोदावरी न्युज बाट सभार









Discussion about this post