सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा जीप दुर्घटना हुँदा दुईको ज्यान गयो : ६ जना घाइते

डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा केआईसिंह–१ महादेवका ३६ वर्षका चालक गोविन्द शाही र केआईसिंह–२ जारिमभाडीका ४१ वर्षका धनबहादुर तिरुवा रहेका छन् ।

Sana Kishan

दुर्घटनामा केआईसिंह गाउँपालिका डुम्राकोटका २७ वर्षीय तेज तिरुवा, उहाँकी श्रीमती २६ वर्षीया राधा तिरुवा, समिर तिरुवा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार घाइते भएका छन् । घाइतेको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

World Link Ads
Mahakali Polytechnic

दिपायलबाट घाँटलायाका लागि छुटेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जीप लोलीमा गएराति दुर्घटना भएको हो । विमल बिष्टले उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.