Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वाद थाहा पाउनदेखि खाना पचाउनसम्म : कसरी काम गर्छ जिब्रोले

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ५, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।

यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् ।

उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।

स्वाद पहिचान

जिब्रोमा रहेका विभिन्न ‘टेस्टबड बड’बाट खानाको स्वाद थाहा पाउन सकिने डा. जोशी बताउछन् । उनका अनुसार सामान्यतः गन्ध र स्वाद दुवै संयुक्त रुपमा अनुभूति हुने कारण अधिकांश खानाको स्वादमा नाकबाट लिइने बास्नाको आधारमा जिब्रोले स्वाद महसुस गर्न मद्दत गर्छ ।

‘स्वादका लागि जिम्मेवार विभिन्न रसायनले स्नायु तन्तुसँगको सहकार्यमा मष्तिष्कमा स्वादका संकेतहरु पठाएपछि जिब्रोमा भएको अनुभूति स्वादको रुपमा स्थापित हुन्छ,’ डा. जोशी भन्छन् ।

भनिन्छ जिब्रोले हजारौंभन्दा बढी स्वाद लिन्छ । आधाभन्दा बढी सेन्सोरी सेलहरुले धेरै स्वादमध्ये पाँचवटा मुख्य स्वाद महसुस गर्छ । जसमा गुलियो, अमिलो, नुनिलो, तीतो र टर्रो पर्छन् । स्वाद अनुभव गर्न मस्तिष्कदेखि ¥याल ग्रन्थिको समेत भूमिका हुने डा. जोशी बताउँछन् ।

‘कुनै वस्तुलाई दाँतले चपाउने क्रममा वस्तुको स्वाद जिब्रोले पत्ता लगाउँछ । जुन त्यस वस्तुको केही अंश ¥यालमा पग्लिन्छ र स्वादको कोपलाई सक्रिय बनाउँछ । रासायनिक प्रतिक्रिया पनि खाद्यवस्तुमार्फत हुन्छ, जसको कारण तंत्रिका आवेग उत्पन्न हुन्छ,’ उनी भन्छन् । यो आवेग मस्तिष्कको स्वाद केन्द्रमा पुग्छ र हामीले स्वाद अनुभव गर्ने उनी बताउँछन् ।

जिब्रोमा रहेका विभिन्न तहले विभिन्न स्वाद लिन्छ । स्वाद लिने क्रममा खानालाई चपाउने काम गरेर खानानलीतर्फ धकेल्ने काम गर्ने डा. जोशी बताउँछन् ।

उनका अनुसार मानिसले हरेक अवस्थामा स्वादको अनुभव गर्छ । जस्तै, ज्वरो आएमा धेरै चिसो वा धेरै तातो खानेकुरा खाने र पिउँदा मानिसको स्वाद निष्क्रिय हुन्छ वा शिथिल बन्छ जसका कारण स्वादको अनुभव हुँदैन ।

त्यति मात्र नभई पेट खराब हुँदा वा कब्जियत भएमा जिब्रोमा फोहोर जम्मा हुन्छ, जसकारण खानाको स्वाद परिवर्तन हुन थाल्छ । फोहोरका कारण खानेकुराको स्वाद ‘टेस्ट बड’ मा पुग्दैन र हामीले खानेकुराको सही स्वाद पाउन सक्दैनौं ।

बोलीमा जिब्रोको भूमिका

जिब्रोको गरिमा मीठो बोलीमा भनेको देख्ने सुन्ने गरेका छौं । जिब्रोविना आवाज स्पष्ट रुपमा निक्लिन नसक्ने जोशी बताउँछन् । ‘स्वरहरु निस्कँदा जिब्रोले तालु छोएर निस्कन्छ । जिब्रोले बोल्न र आवाज बनाउनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । ‘जब तपाईं बोल्नुहुन्छ, हावा फोक्सोबाट बग्छ र भोकल कर्डहरू कम्पन हुन्छ, डा. जोशी भन्छन्, ‘मुखबाट कम्पन हुँदा जिब्रो, दाँत र ओठको आकारको आधारमा विभिन्न आवाज निकाल्न सक्छ ।’

प्रायः सबैको जिब्रो उस्तै हुन्छ तर कसैको जिब्रो ठूलो हुन सक्छ, जसले स्पष्ट रुपमा आवाज निकाल्न सक्दैन र स्वरमा फरक ल्याउँछ । ‘जिब्रोको तल्लो भागमा रेसाजस्तो हुन्छ जुन मासुको भागले जोडेको हुन्छ जसले तालुसम्म नपुग्ने हुँदा बोली प्रष्ट हुँदैन,’ डा. जोशी भन्छन् ।

त्यसैले जिब्रोविना प्रष्ट बोल्न नसकिने उनी बताउँछन् । हर्लर सिन्ड्रोम र बेकविथ वाइडम्यान सिन्ड्रोमको कारण जिब्रो मुखभन्दा ठूलो हुन्छ । यसको उपचार शल्यक्रियाबाट मात्र सम्भव हुन्छ ।

मानिसको जिब्रोको रंगले स्वास्थ्य समस्याको संकेत दिने विभिन्न अध्ययनले देखाएका छन् । यसमा सहमति जनाउँदै जोशी भन्छन्, ‘जिब्रोको रंग गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ । स्वस्थ हुँदा यो गुलाबी हुन्छ, तर एलर्जी र संक्रमणले यसको रंग रातोमा हुन सक्छ ।’

फंगल संक्रमण हुँदा जिब्रोमा सेतो दाग देखिन्छ । चिल्लो जिब्रोले फोलिक एसिड, आइरन र भिटामिन बी १२ जस्ता आवश्यक खनिजको कमी भएको संकेत हुन सक्छ ।

यसैगरी कसैको जिब्रो कालो रंगको पनि हुन सक्छ । दन्त चिकित्सक डा. मनिषा खर्बुजा भन्छिन्, ‘कतिपय औषधि सेवन गर्दा, मुख सफा नराख्दा र धुम्रपान बढी गर्दा पनि जिब्रो कालो हुन सक्छ कोहीको भने जन्मजात पनि कालो जिब्रो हुन सक्छ ।’

त्यस्तै, ब्ल्याक ह्यरी टंग हुँदा पनि जिब्रो कालो हुने उनी बताउँछिन् । उनका अनुसार यो समस्यामा स्वाद अनुभव गराउने गोलो सानो प्यापुलाहरु एकदम ठूलो र लामो कपालजस्तो देखिन्छ त्यसबाहेक एन्टीबायोटिक औषधि बढी सेवन गर्ने र क्यान्सरका बिरामीमा थेरापी गरेकाहरुमा देखिन्छ ।

जिब्रो सुख्खा हुने कारण

४५ वर्ष उमेर पार गरेका महिलामा वर्निङ माउथ सिन्ड्रोमको सम्भावना बढी हुने दन्त चिकित्सक खर्बुजा बताउँछिन् । ‘केही महिलामा देखिने सो सिन्ड्रोममा महिलामा जिब्रो वा मुखभित्र पोलेको महसुस हुन्छ । मुख पोल्ने र थुक कम मात्रामा रहने हुँदा मुख सुख्खा हुने यसका लक्षण हुन्,’ उनले भनिन् ।

भिटामिन १२ को अभावले वर्निङ माउथ सिन्ड्रोम गराउने हुँदा यसको कमी हुन नदिन उनको सुझाव छ । सुख्खा हुने अर्को कारण तनाव पनि हो जुन सीमित अवधिसम्मको लागि मात्र रहने खर्बुजा बताउँछिन् । डिहाइड्रेसन, एलर्जीको लागि प्रयोग हुने औषधि, दुखाइ कम गर्ने औषधि र डिप्रेसनका लागि प्रयोग हुने औषधि र क्यान्सरका बिरामीमा किमोथेरापी गराउँदा पनि मुख सुख्खा हुन्छ ।

जिब्रोलाई स्वस्थ राख्ने तरिका

मुखलाई स्वस्थ राख्न जिब्रोलाई पनि दिनहुँ सफा गर्नु जरुरी रहेको डा. खर्बुजा बताउँछिन् । खाना खाइसकेर ब्रस गरिसकेपछि टंग क्लिनरले जिब्रो सफा गर्न सकिन्छ । कुनै मेटल, प्लास्टिक र काठको टंग क्लिनरले सफा गर्न सकिन्छ । त्यसबाहेक ब्रसले पनि जिब्रोलाई सफा गर्न सकिन्छ । माउथवासले दाँतमा हुने जीवाणुलाई फैलिन नदिने भएकाले पनि सफा गर्न सकिन्छ । खानेकुरा अड्किएपछि सफा नगरेमा श्वास गन्हाउने, विभिन्न जीवाणु संक्रमणजस्ता समस्या हुन सक्ने खर्बुजा बताउँछिन् ।

एन्टीबायोटिक औषधि धेरै सेवन गर्नेमा जिब्रोमा ‘कोर्टिङ’को समस्या बढ्छ । चुरोट, गुड्खा, तमाखु, पराग खानेहरुमा मासुको डल्लो बढ्ने हुन सक्छ । त्यसको समयमा उपचार नहुँदा क्यान्सरसमेत हुन सक्ने डा. खर्बुजा बताउँछिन् । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

पुनर्वास नगरपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका मस्यौदामाथि छलफल एवम् सुझाव सङ्कलन 

असार १४, २०८३
विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

विपद् व्यवस्थापनका लागि चुरेमा पूर्वसूचना प्रणाली संयन्त्र सम्बन्धी कार्यशाला

असार १४, २०८३
शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व