Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउछु : मन्त्री भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ५, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

दैजी (कञ्चनपुर)। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुक्रबार बिहान बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन्।

बम
उक्त क्षेत्रको निरीक्षणपछि बेदकोट उद्योग वाणिज्य संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको र ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुने गरी काम भइरहेको जानकारी दिए।

‘मैले मन्त्रालय सम्हालेको एक महिनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ। त्यो प्रतिवेदन क्याबिनेटमा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु।’

मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताए। त्यसका लागि ५ अर्ब बढी बजेट माग गरिएको उनले जानकारी दिए।

‘कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउछु,’ मन्त्री भण्डारीले भने, ‘सरकार नीजि क्षेत्रको साथमा छ। नीतिगत सुधार गरी लगानी मैत्री वातावरण निर्माण गर्नका लागि मन्त्रालय धमाधम काम गरिरहेको छ।

उनले गेटा मेडिकल कलेजलाई सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नामकरण गरी देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाएको, दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको काम अगाडि बढेको र महाकाली करिडोरको काम पनि निक्कै अगाडि बढेको जनाउदै यी योजना पूरा भएमा सुदूरपश्चिमका जनताले कामका लागि भारत जानुपर्ने बाध्यताको अन्त हुने बताए।

कार्यक्रममा बेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शंकर चन्दले २०५२ सालदेखि दैजीमा ओद्योगिक क्षेत्र स्थापनाका लागि पहल थालिएपनि अहिले त्यसले मुर्तरुप लिएको बताए।

‘यहाँ औद्योगिक क्षेत्र स्थापना गर्नका लागि सबै राजनीतिक दलहरु एकवद्ध छन्,’ उनले भने, ‘यसै क्षेत्रको माननीय ज्यू उद्योग वाणिज्य मन्त्री हुनु भएकाले छिटो कार्यान्वयनको चरणमा जानेमा आशावादी छौँ।’

नेपाल इटा व्यवसायी महासंघका अध्यक्षसमेत रहेका चन्दले छिमेकमै रहेको भारतको रुद्रपुरबाट सामान मगाउँदा पनि भैरहवा र बीरगञ्ज नाका भएर यहाँ पुग्ने भएकाले सुख्खा बन्दरगाह निर्माणले त्यो बाध्यताको अन्त हुने अपेक्षा गरेको बताए।

बेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मीले औद्योगिक क्षेत्र स्थापना भएमा यसले बेदकोट मात्र होइन्, समग्र जिल्ला र प्रदेशको विकासमा कोषेढुंगा साबित हुने भएकाले सबैको सामुहिक प्रयास र प्रयत्नद्धारा यो कार्यलाई सफल बनाउन जुटनु पर्ने बताए।

कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्रका सहायक निर्देशक कृष्ण पुनले अहिले रुख छपानको कार्य सञ्चालन भइरहेको र यही ८ गतेका दिन दैजीमा औद्योगिक क्षेत्रको कार्यालय स्थापना हुने जानकारी दिएका छन्। सिमारेखा बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व