कञ्चनपुर । दलित विद्यार्थी साझा मञ्च केन्द्रीय समितिले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीलाई ज्ञापन पत्र पेस गरेको छ । दलित विद्यार्थी साझा मञ्च केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष तेजेन्द्र लुहार र महासचिव लाल बहादुर बि.क.द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मुख्यतया तीन वटा मागहरू राखिएका छन् । कर्मचारी तथा शिक्षक भर्नामा दलित समुदायको प्रतिनिधित्व समानुपातिक समावेशी तरिकाले गर्नुपर्ने, विद्यार्थी भर्नामा दलित विद्यार्थीहरूका लागि थप छात्रवृत्ति कोटा निर्धारण गरिनु पर्ने र विश्वविद्यालय छात्रावासमा दलित विद्यार्थीहरूलाई पहिलो प्राथमिकता गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख छन् । यी मागहरू सम्बोधन गर्न विगत जस्तै उपेक्षा गरेमा जस्तोसुकै सङ्घर्ष र आन्दोलन गर्न बाध्य हुने र तत्पश्चातको परिस्थितिको परिणामको जवाफदेही विश्वविद्यालय नै हुनुपर्ने समेत चेतावनी दिइएको छ ।

(nepalbodh.com बाट साभार)









Discussion about this post