सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँच योगासन, जसले पेटको बोसो घटाउँछ

पेटमा बोसो जमेपछि शरीर भद्दा देखिन्छ । भद्दा देखिने मात्र होइन, यसले अनेक रोगसमेत निम्त्याउँछ । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउँछ । त्यसो भए मोटोपन कसरी घटाउने ?

यसका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर नियमित खानपानमा कटौती गर्दा अरू समस्या थपिन सक्छ । शरीरमा पोषणको अभाव हुन सक्छ । त्यसैले पेटको बोसो घटाउने अन्य उपाय अपनाउन सकिन्छ । योगासनको माध्यमबाट पेटको बोसो घटाउन सकिन्छ ।

उत्तानपाद आसन

यो आसन गर्न सबैभन्दा पहिले भुईंमा सिधा भएर सुत्ने, अब आफ्नो दुवै हात तिघ्राको छेउमा राख्ने, त्यसपछि श्वासभित्र लिएर आफ्नो दुवै खुट्टालाई ३०, ६०, ९० डिग्रीको ऐंगलमा माथि उठाउनुपर्छ । पाँचदेखि १० सेकेन्ड त्यही स्थितिमा रहने, बिस्तारै श्वास छोड्दै खुट्टालाई तल ल्याउने र शरीरलाई खुकुलो छोड्ने गर्नुपर्छ । ढाड दुखाइको समस्या छ भने एउटा–एउटा खुट्टा पालैपालो गर्नु लाभदायक हुन्छ ।

Mahakali Polytechnic

यो आसनले आन्द्रालाई बलियो र स्वस्थ बनाउँछ । कब्जियत, ग्यास, मोटोपनको समस्या कम गर्छ र पेटको बोसोलाई घटाउँछ ।

World Link Ads

नौकासन

Sana Kishan

नौकासन गर्न सिधा सुत्ने, त्यसपछि आफ्नो कम्मरको हड्डीको सहयोग लिएर, माथिल्लो र तल्लो भागलाई ६० डिग्रीमा उठाउनुपर्छ । हातखुट्टाको औंलाहरू आँखाको स्तर अनुसार हुनुपर्छ । पेटको मांसपेशीमा ‘फोकस’ गर्ने र शरीरलाई डुंगाजस्तो बनाएर १० सेकेन्ड त्यही स्थितिमा गहिरो सास लिने र श्वास छोड्ने गनुपर्छ ।

नौकासन पेट तथा कलेजो सफा गर्न उपयोगी मानिन्छ । नौकासनलाई डुंगा मुद्रा पनि भनिन्छ । शरीरलाई डुंगाजस्तो बनाएर गरिने यो आसन पेटको बोसो घटाउन पनि निकै उपयोगी हुन्छ ।

उष्ट्रा आसन

उष्ट्रा आसनका लागि सबैभन्दा पहिले घुँडाको सहारा लिएर योगा म्याटमा बस्नुपर्छ । अब मेरुदण्डलाई पछाडि झुकाउँदा दुवै हातलाई खुट्टामा राखेर कुर्कुच्चा समाउने र हिपलाई अगाडि ठेल्नुपर्छ । यस्तो अवस्थामा पाँचदेखि १० पटक गहिरो सास लिने र त्यसपछि बिस्तारै सामान्य अवस्थामा आउनुपर्छ । घाँटीमा अत्यधिक दबाब हुनु हुँदैन र कम्मरदेखि घुँडासम्मको भाग सिधा रहनुपर्छ । उष्ट्रा आसनले पनि पेटको बोसो घटाउन सहयोग गर्छ ।

सेतुबन्ध आसन

यो आसन गर्न उत्तानो भएर सुत्नुपर्छ । त्यसपछि खुट्टालाई खुम्चाउने र कम्मरलाई ९० डिग्रीमा बिस्तारै उठाउने गर्नुपर्छ । २० देखि ३० सेकेन्ड त्यही अवस्थामा रहने र बिस्तारै सास लिने, बिस्तारै श्वास छोडेर कम्मरलाई तल ल्याउनुपर्छ । यो चक्रलाई तीनदेखि पाँच पटकसम्म दोहो¥याउन सकिन्छ ।

सेतुबन्ध आसनले कम्मरको दुखाइलाई कम गर्नुको साथै पेटको बोसोलाई पनि कम गर्छ ।

नाभी दर्शन आसन

नाभी दर्शन आसनका लागि खुट्टालाई सिधा राखेर बस्नुपर्छ । त्यसपछि दुवै हात टेकेर पेट, ढाड, गर्धन र टाउकोलाई माथि उठाउने र नाभीमा हेर्नुपर्छ । १० देखि १५ सेकेण्ड त्यही अवस्थामा रहने र बिस्तारै ढाड, पेट र टाउकोलाई तल राख्नुपर्छ । यो प्रक्रियालाई चार–पाँच पटक दोहो¥याउन सकिन्छ ।

यो आसनले पेटको बोसो घटाउनुका साथै हातखुट्टा र गर्धनलाई पनि बलियो बनाउँछ । अनलाइनखबर बाट सभार

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.