सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अत्तरिया महोत्सवको आय ब्यय सार्वजनिक

अत्तरिया उधोग बाणिज्य संघले अत्तरियामा संचालित प्रादेशिक महोत्सव को आय ब्यय सार्बजनिक गरेको छ । पुष २७ देखि माघ ९ गते सम्म चलेको महोत्सव को संघले आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय ब्यय सार्वजनिक गरेको हो । महोत्सवमा ३४ लाख ३ हजार ६५० बराबर को कारोबार भएको छ । यस्तै खर्च २९ लाख ४१ हजार ८० रहेको छ । संघ का अध्यक्ष अशोकराज देबकोटाले पत्रकार सम्मेलनमा यो बाहेक केही ठाउँबाट रकम उठन बाँकी रहेको र कति ठाउँ तिर्न पनि बाँकी रहेको बताए ।

मुख्य प्रायोजक रहेको गोदावरी नगरपालिका ले दिने रकम पनि यकिन नरहेको संघले जनाएको छ। महोत्सव सफल पार्ने सवैलाई अध्यक्ष देबकोटाले धन्यवाद समेत दिएका छन् । बिगतमा महोत्सव को आय ब्यय संघले सार्बजनिक नगर्ने गरेको आरोप लागेपछि यो पटक समयमा नै आय ब्यय सार्बजनिक गरिएको छ ।

Sana Kishan

World Link Ads
Mahakali Polytechnic

गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.