सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय ११ दशमलव ६८ विन्दुमा झरेको छ ।

Sana Kishan

जलविद्युत् समूहबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५९ वटा कम्पनीका ७५ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको १९ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र प्राइम लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार बढे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.