Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आमाको इच्छा पूरा गर्न सकिनँ!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १६, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आमा, एउटा यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभास हुन्छ। सन्तानले आफू धर्तीमा आइसकेपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ।

तिनै आमा जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्। सबैभन्दा बढी करुणा र माया बोक्ने आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन्। ठूलो भएपछि ती आमाको इच्छा भने मैले पूरा गर्न सकिनँ।

‘जीवनमा सबैभन्दा बढी पछुतो के कुरामा लाग्छ ? ’ भनेर यदी कसैले मलाई प्रश्न गय्रो भने मेरो जवाफ हुनेछ-मैले मेरी आमालाई आफ्नो घर देखाउन पाइनँ।

सुदूरपश्चिमको डडेल्धुरामा मेरो जन्म २०४२ साल कात्तिक १२ गते भएको थियो। हामी ४ भाइ तथा दुई बहिनीमध्येको म माइलो छोरा। मेरी आमा (स्व.धौलीदेवी सिनाल) ले म १० कक्षामा पढ्दा ‘खोई के गरी खाने हो यसले केही ढंग छैन, काम गर्दैन’ भनेर भन्नुहुन्थ्यो।

मेरी आमालाई एक रोगबाट ग्रसित हुनुहुन्थ्यो, मिर्गी। यो रोगले उहाँलाई लगभग ३० वर्षसम्म दुःख दियो जसको कारणले आमालाई हामीहरू घरभन्दा बाहिर जान दिँदैन थियौँ। किनभने बढी भिडभाड देख्यो भने त्यो रोगले बढी च्याप्ने गर्दथ्यो।

त्यही कारणले आमाले ३० वर्षसम्म कहीँकतै जान पाउनु भएन। घरमा बस्ने र बुवालाई सिलाइ काममा सहयोग गर्ने गर्नुहुन्थ्यो। बुवाको सिलाइ पेसाबाटै हाम्रो परिवार धानिएको थियो।

आजभन्दा २० वर्ष पहिला सुदूरपश्चिममा जातीय विभेद अझैँ बढी थियो। त्यही विभेद सिलाइ गर्नेलाई पनि गरिन्थ्यो। त्यही भएर मैले सिलाइ पेसा गर्न सकिनँ।

यस कारण मेरी आमाले मलाई अब यसले के गरी खाने होला भनेर चिन्ता गर्नुहुन्थ्यो। म भने अलि फरक काम गर्नुपर्छ भनेर सोच्दै थिएँ।

म पढ्नमा सामान्य थिएँ। धेरै जान्ने पनि होइन, नजान्ने पनि होइन। २०६० सालमा एसएलसी पास गरेँ भने २०६३ मा १२ र २०७१ मा स्नातक पास गरेँ। मलाई सिलाइ आउँदैन थियो, जागिर खाएको थिइनँ।

कमाइ गर्दैन भनेर घरबाट पनि दबाब आउन थालेपछि सुरुमा मैले डिस टिभीको घरघरमा लाइन जोड्ने, पैसा उठाउने काम गरेँ। त्यसपछि विभिन्न सामाजिक संस्थामा काम गर्न थालेँ।

सामाजिक संस्थामा काम गर्न थालेपछि मेरी आमा खुसी हुनुभयो। ‘केही गर्न सक्ने होइन यसले भनेर सोचेको थिएँ, जे होस् काम गरेर कमाउने भएछ’ भनेर भनेको अहिलेसम्म कानमा गुन्जिरहन्छ।

काम गर्दै जाँदा सुदूरपश्चिम घुम्ने अवसर पनि पाएँ। रोजगार गर्दै गर्दा २०६५ सालमा बिहे पनि भयो र कामको सिलसिलामा २०७१ सालमा कैलाली आएँ।

कैलाली बस्दा ‘पहाड घर डडेल्धुरामा भन्दा यही तराईमा आइसकिस्, अब केही सानोतिनो घडेरी जोड् बाबु’ भनेर बुवाले भन्नुभएको थियो। त्यही तयारीमा लागेको म ३ वर्षमा कञ्चनपुरको महेन्द्रनगरमा सानो चिटिक्कको घर बनाएँ जसमा २ कोठा, १ भान्सा चर्पीसहितको बनाइयो।

घर बनाँउदा बुवालाई जग हाल्ने दिन बोलाएको थिएँ। पहाड घरबाट त्यो बेलामा आमा आउन सक्नुभएन।

म त्यही नयाँ घरमा बस्न सुरु गरेको दुई वर्ष भइसकेको थियो। २०७६ कात्तिकको महिनामा तिहार मनाउन भनेर डडेल्धुरा गयौँ र योपालि आमालाई आफूसँगै महेन्द्रनगर लैजानु पर्छ भनेर सोचेको थिएँ।

आमाले मलाई भन्नुभयो-‘तैँले तराईमा घर बनाएको भन्ने थाहा पाएँ, अब म पनि जाने हुँ तेरो घर हेर्न।’

मैले भनेँ- ‘हुन्छ, योपालि जाउँला नि आमा।’

तर त्यो बेलामा आमा धेरै बिरामी पर्नुभयो। त्यो समयमा आमालाई तराईमा ल्याउन सम्भव भएन। तिहार सकियो, म फेरि आफ्नो कर्मथलो महेन्द्रनगर फर्किएँ र हामी अर्को पटक आउँदा सँगै लगेर जाने भनेर आमासँग बिदा लियौँ।

डडेल्धुरामा आमा धेरै बिरामी भएपछि उपचारको लागि धनगढी ल्याउने भन्दा आमा मान्नुभएन।

‘मलाई कहीँ नलैजाऊ, म यतै मर्छु मलाई बाहिर नलैजाऊ’ भन्नुभयो। उपचार गर्न मान्नु भएन।

‘उता माइलो छोराले बोलाएको छ, उसको घरमा जानुपर्ने भोलि’ भनेर बुवाले भनेपछि आमा तयार हुनुभयो तराई आउनलाई। तर विचरी मेरी आमालाई थाहा थिएन कि हामी उहाँलाई मेरो घरमा होइन, उपचारको लागि धनगढी लैजाँदै छौँ भनेर।

म महेन्द्रनगरबाट अत्तरियासम्म आएँ। उता डडेल्धुराबाट ठूलो दाजुले आमालाई ल्याउनु भएको थियो। हाम्रो भेट अत्तरियामा भयो र आमाले भन्नुभयो-‘अब कति समय लाग्छ तेरो घर आउन ?’

मैले अब थौरै छ यताबाट टाढा छैन, अत्तरियाबाट पश्चिमतर्फ महेन्द्रनगर जाने बाटो छ भनेँ। हामी दक्षिणतर्फ लाग्यौँ। सेती अस्पतालमा पुर्याउँदा आमा धेरै रिसाउनु भयो।

‘तैँले पनि झुटो बोलिस् मसँग’ भन्नुभयो।

मैले सम्झाएँ आमालाई। यताबाट निको बनाएर अनि मेरो घर जाने भनेर भन्दा खुसी हुनुभयो। उहाँलाई कात्तिक २० गते धनगढीमा ल्याएर उपचार गरिरहेका थियौँ तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजान चिकित्सकहरूले सल्लाह दिए। आमालाई उतै लैजाने निधो भयो।

ठूलो दाजुले आमालाई लिएर काठमाडौं जानुभयो। त्यो बेलामा मेरो मनमा एउटा कुरा आएको थियो-आमालाई सन्चो भयो भने यतैबाट आफ्नो घरमा लैजाने।

आमालाई मिठो-मिठो खाना खुवाउँछु, विभिन्न ठाँउमा घुमाउँछु, रमाइलो गर्छु। यस्तै अनेकन मनमा इच्छा योजना बुनिरहेको थिएँ तर भगवानलाई त्यो कुरा मन्जुर थिएन। काठमाडौं लगेको एक हप्तामा आमाले वीर अस्पतालमा यो संसारलाई छोडेर बिदा लिनुभयो।

आमालाई कलेजोमा क्यान्सर भएको रहेछ र हामीले अन्तिम समयमा मात्रै थाहा पायौँ। मेरो घर हेर्ने इच्छा, मेरो खुसी हेर्ने इच्छा सबै लगेर गइन् मेरी आमाले। मेरो जीवनमा सबैभन्दा बढी पछुतो रहने भनेकै यही कुरा हो कि मैले मेरी आमालाई आफ्नो घर देखाउन पाइनँ।

कसैको सफलतामा कोही एकदमै खुसी हुन्छ भने ती आमा हुन्। तर मेरो भाग्यमा त्यो खुसी देखाउन नलेखेको रहेछ। मेरी आमाले हामीलाई सधैँ खुसी भएको हेर्न चाहनु भएको छ र उहाँ हामीसँगै कहीँ यतै भएको आभास हुन्छ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व