
कैलाली– जिल्लाको बर्दगोरियामा सडेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सिमाना पर्ने बौनियाँ नालामा फेला परेको शव बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय सकै चौधरीको रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ ।


इलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरीक्षक महेश विक्रम शाह भने ,’शरीरमा चोटपटक पनि लागेको देखिँदैन । शव पूर्ण रूपमा सडेको अवस्थामा छ । मादक पदार्थ सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुमान हो । ’
प्रहरीका अनुसार चौधरी माघ ३ गते देखी बेपत्ता थिए । उनको खोजीका लागि आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदन समेत दिएका थिए । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि टिकापुर पठाइएको छ । गोदावरी न्युज बाट सभार
