सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्पमा परेकाको उद्धार तथा उपचारमा खटिन मुख्यमन्त्री रावलको निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले बाजुरा बझाङ लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पले क्षति पुराएकोमा दुख व्यक्त गर्दै उद्धारमा खटिन निर्देशन दिएका छन् ।

 

हिजो सुरक्षा निकायका प्रमुखहरूलाई मुख्यमन्त्री रावलले ती जिल्लामा भएको क्षतिको विवरण संकलन र उद्धारमा खटिन निर्देशन दिएका हुन् ।

हिजो दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर घाइते भएकाहरूको उपचारमा खटिन पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बाजुरा र बझाङका दर्जनौँ घरमा क्षति पुराएको छ । अहिले सम्म एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यकिन विवरण अझै आउने क्रम जारी छ ।

Dirghayu Ads

मुख्यमन्त्री रावलले भूकम्पका पराकम्पनहरु आउन सक्ने भन्दै प्रहरीलाई चनाखो रहन निर्देशन दिँदै स्थानीयलाई सुरक्षित रहन आग्रह गरेका हुन् ।-नेपाल प्रेसबाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.