सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गाडी दुर्घटना हुँदा चार स्वास्थ्यकर्मीको मृत्यु

514
Sana Kishan

काठमाडौं – सुर्खेतमा आइतबार बिहान भएको गाडी दुर्घटनामा परेका सबै स्वास्थ्यकर्मी रहेको खुलेको छ ।दुर्घटनामा मृत्यु भएका मध्ये तीनजना दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक र एक स्थानीय फार्मेसी सञ्चालक रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो ।अर्का मृतक २७ वर्षीय सागर शाही स्थानीय फार्मेसी सञ्चालक रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका सूचना अधिकारी नन्दलाल जैसीले जानकारी दिए ।

Arus
Karnali Traders

दुर्घटनामा घाइते भएका भैरवी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक वीरेन्द्रराज शाहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।सुर्खेतमा भएको स्वास्थ्यकर्मीसम्बद्ध एक संगठनको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११, झुप्राखोलामा उनीहरू चढेको बा।प्र।०१०२६च ९२१३ नम्बरको हाइलक्स गाडी दुर्घटनाको थियो ।

 

(सगुन खबरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.