महेन्द्रनगर । पछिल्लो समय निकै चर्चामा आएको मेरि ईजु गितको अपार सफलतापछि गौरब जोशीको प्रदेशीको पिडा तथा चेलीको बिलौनामा आधारित “बिलौना” गीतको भिडियो सार्वजनिक भएको छ ।
गौरब जोशीको शब्द, शिर्जना तथा निर्देशनमा रहेको उक्त गितमा डम्मर जोशी (दिपेश) तथा गायिका पार्वती साउँदको रहेको छ।
गितमा दिनेश जोशी र अनिता धामीको मुख्य अभिनय तथा सरिता, बल्देब प्रेम लगायतको टिमले भिडियोमा सहायक अभिनय रहेको छ ।
कुशुम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको एरेन्ज भुमिराज थापा तथा मिक्सिङ्ग सेर बहादुर बोहराले गरेका छन्। गौरब जोशीको निर्देशन रहेको यस गीतमा दिपेश महराको छायांकन, भिडियो सम्पादनमा निकै लोकप्रियता कमाउदै आउनु भएका कृष्णा बाबुको सम्पादन रहेको छ। “बिलौना” गीतको भिडियो शनिबार मात्रै Gaurav Joshi युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस् :









Discussion about this post