बैतडीको पञ्चेश्वर गाउँपालिकाले हिउँदे फलफूलका विरुवा वितरण गर्ने भएको छ । कृषि शाखाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिउँदे फलफूलका विरुवा वितरण गर्ने तयारी भएको गाउँपालिकाका कृषि शाखा प्रमुख भुवन सिंह भण्डारीले जानकारी दिए ।
कृषकहरुलाई निशुल्क फलफूलका विरुवा वितरण गरिने उनले बताए । वार्षिक स्वीकृत कार्यक्रमबाट हिउँदे फलफूलका विरुवा वितरण गर्नका लागि सूचना जारी भइसकेको र कृषकहरुलाई मागका आधारमा विरुवा वितरण गरिने उनले भनाई छ ।
आरु, खुर्पानी, आरु बखडा,ओखर नास्पातीका विरुवा वितरण गरिने कृषि शाखा प्रमुख भण्डारीले बताए । गतविगत देखिनै पञ्चेश्वर गाउँपालिकाले निशुल्क रुपमा फलफूलका विरुवा वितरण गर्दै आएको उनले बताए ।
फलफूलका विरुवा लगाउन चाहाने इच्छुक कृषक, कृषि समूह,सहकारी तथा कृषि फर्महहरुलाई सख्या उल्लेख गरेर निवेदन दिन अनुरोध गरिएको छ । एक हप्ताको सूचना निकालेर आवेदनका लागि आह्वान गरेको र मागका आधारमा कृषकलाई विरुवा वितरण गरिने गाउँपालिकाले जनाएको छ । सगुन खबर बाट सभार