सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालबालिकालाई मोबाइल फोनबाट टाढा राख्न यी उपाय अपनाउनुहोस् !

२१औं शताब्दिमा प्रविधिको विकासका साथ–साथै इन्टरनेट र मोबाइल फोन हाम्रो जिन्दगीको महत्वपूर्ण अंग बनिसकेको छ । यसको सहयोगले दैनिक जीवनका हरेक कुराहरु सहज बनेका त छन् नै, तर यसले साना बालबालिकामा पारेको असर अहिले हरेक अभिभावकका लागि ठूलो समस्या बनको छ ।

 

अहिले प्राय आमा–बुबाले नचाहँदा–नचाहँदै पनि आफ्ना बालबालिकालाई मोबाइल फोन दिन बाध्य भएका छन् । जसका कारण बालबालिकाहरुमा विस्तारै– विस्तारै स्मार्टफोनको लत लाग्न थाल्छ । बिस्तारै उनीहरु हरेक समय यही ग्याजेटसंग टाँसिन थाल्छन् ।

 

कहिलेकाहि“ त साना बालबालिका ग्याजेटबिना खाना समेत खाँदैनन् । बालबालिकाको त्यस्तो व्यवहारले अभिभावकलाई आफ्नो गल्तिको महसुस हुन थाल्छ । यहाँ केही त्यस्ता उपायहरु प्रस्तुत गरेका छौं, जसको सहयोगले बालबालिकाको मोबाइलप्रति लत छुटाउन सकिने छ ।

किताबप्रति आकर्षण बढाउनेःइन्टरनेटको जमानामा किताबबाट टाढा हुनु सामान्य कुरा भएको छ । आमा–बुबा स्वयं दिनभरी मोबाइलसंग रमाइरहने भएकाले बालबालिकाहरु पनि अहिले किताब पढ्न रुचाउ“दैनन् । यदि तपाईंले पनि बालबालिकाको अगाडि किताब पढ्नु भयो भने बालबालिकाले पनि तपाईंको नक्कल गरेर किताब उठाउन थाल्छन् । जब बालबालिकाले तपाईंको नक्कल गर्न थाल्छन्, तब उनीहरुसंग बसेर किताबमा भएका कुराको चर्चा गर्ने र उनीहरुमा किताबप्रति आकर्षण बढाउन थाल्नुपर्छ ।

 

Mahakali Polytechnic

प्रकृतिसंग प्रेम;बालबालिकालाई जति प्रकृति नजिक ल्याउनु हुन्छ, त्यति नै धेरै मोबाइल फोनबाट उनीहरुलाई टाढा राख्न सकिन्छ । उनीहरुलाई प्राकृतिक कुराले हाम्रो जिन्दगीमा के महत्व छ भन्ने कुरा बताउनु पर्छ । प्राकृतिक सुन्दरतासंग उनीहरुलाई सम्पर्क गराउनु पर्छ । यसका लागि उनीहरुलाई पार्क, झरना, पोखरी, पहाड आदि प्राकृतिक सुन्दरता भएको स्थानमा जाने योजना बनाउनु पर्छ ।

 

World Link Ads

आउटडोर गेमःकोरोना भाइरसको महामारीको क्रममा भएको लकडाउनका कारण बालबालिकामा लामो समयसम्म घरमा थुनिएर बस्न् पर्यो, जसका कारण उनीमा मोबाइलको बानी पर्यो । यही क्रममा अनलाइन कक्षाका लागि मोबाइल तथा ल्यापटपको प्रयोग बाध्यता बनेको छ । यसको साथै बालबालिकाको बाहिर खेल्ने बानी पनि छुट्यो । यस्तो स्थितिमा आफ्ना बालबालिकालाई बाहिरी खेलका लागि प्रोत्साहित गरेर मोबाइलबाट उनीहरुको ध्यान हटाउनु अभिभावकको जिम्मेवारी हो ।

 

Sana Kishan

मोबाइलमा पासवर्डःयदि यी कोशिशपछि पनि बालबालिका मोबाइल फोनको प्रयोग गरिरहन्छन् भने कडा कदम उठाउनु आवश्यक छ । जसका लागि मोबाइलमा पासवर्ड राख्नु पर्छ । यसो गर्दा बालबालिकाले मोबाइल फोन तपाईंको अनुमतिमा मात्र चलाउन सक्छन् ।

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.