बैतडी – जिल्लामा अचेत अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ।
बिहिबार दिउँसो १ बजे झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका अन्दाजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी एवं प्रवक्ता योगेश खत्रीका अनुसार अचेत अवस्थामा बस पार्कमा भेटिएका चन्दलाई जिल्ला अस्पताल ल्याइएकोमा २ बजेको समयमा मृत्यु भएको खत्रीले बताए।
मृतक चन्द रोजगारीको सिलसिलामा भारतमा रहेका थिए। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। गोदावरी न्युज बाट सभार