पोखरास् यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको अध्ययन गर्न आएको फ्रान्सको विज्ञ टोली घट्नास्थलमा पुगेर अध्ययन गरिरहेको छ।
पोखराको व्यस्त बजार र बस्तीको मध्य भाग भएर बग्ने सेती नदीमा आइतबार यती एयरको विमान दुर्घटना भएको थियो।
विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली पोखरा आइपुगेको हो। टोलीका सदस्य विमान दुर्घटना स्थल पुगेर विमान कसरी दुर्घटना हुन पुग्यो भन्ने स्थानीय सुरक्षाकर्मी संगै बसेर अध्ययन गरिरहेका हुन्। दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ टोलीले उडानमा संलग्नसँग पनि छलफल गर्ने बताइएको छ।
आन्तरिक उडानमा नेपालमै पहिलो पटक भएको एटीआर विमान दुर्घटनाको कारण पत्ता लगाउन विमान निर्माता कम्पनीले चासो दिदै विज्ञ टोली सहितको टीम पोखरा आएको ह । नेपाल सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि काम सुरु गरिसकेको बताइएको छ।
विमान दुर्घटनाको कारण पत्ता लगाउने महत्वपूर्ण मानिएको ब्ल्याक बक्सको रिपोर्ट आएसँगै फाइनल रिपोर्ट आउने गरी आयोगले काम गरिरहेको बताइएको छ। कृष्णमणि बरालले अन्नपूर्ण पोस्टमा लेखेका छन्।









Discussion about this post