सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधान सेनापति पनि जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गोरखा जान लागेका हुन्। गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न बुधबार गोरखा आउने कार्यक्रम तय भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले सेतोपाटीलाई बताए।

‘प्रधानमन्त्रीज्यू आज बिहान ११ बजे गोरखा आउनुहुन्छ, उहाँले गोरखा महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने।

World Link Ads
Mahakali Polytechnic

गोरखा उद्योग बाणिज्य संघले आजदेखि गोरखा महोत्वस गर्न लागेको हो। केही दिनअघि गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरूले प्रमुख अतिथिका रूपमा गोरखा आइदिन प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर निम्तासमेत दिएका थिए।

Dirghayu Ads
Sana Kishan

प्रधान सेनापति पनि गोरखा जाने

प्रधान सेनापति प्रभुराम शर्मा पनि आज गोरखा जाने भएका छन्।

गोरखाको ठूलो आँगनमा गोरखा नगरपालिकाले राखेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न प्रधान सेनापति शर्मा बुधबार अपरान्ह ३ बजे गोरखा पुग्ने कार्यक्रम छ।

‘प्रधान सेनापतिज्यूले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ,’ मेयर रानाले भने। गोरखा नगरपालिकाले २० लाख भन्दा बढी खर्च गरेर ठूलो आँगनमा सालिक राखेको छ। यो सालिकमा अब हरेक दिन नेपाली सेनाले सलामी दिनेछ। सेतोाटी बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.