सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गायक जे आर भट्टको नयाँ डेउडा गित “मेरि इजु” बजारमा – भिडियो सहित

महेन्द्रनगर- सामाजिक सञ्जालमा निकै लोकप्रिय गायक जे आर भट्टको “मेरि इजु” नामक डेउडा गित बजारमा आएको छ ।

उक्त गित JR Bhatta युट्युब च्यानल मार्फत शुक्रबार भिडियो सहित बजारमा आएको हो ।

 

जे आर भट्टको शब्द, सिर्जनामा जे आर भट्ट र गायिका गौरी भट्टको आवाज रहेको उक्त गितको भुमिराज थापाले प्रिज्म स्टुडियोमा सङ्गित संयोजन गरेका छन् ।

 

World Link Ads

सर्जकले ऊक्त गितलाई गाउँघरतिर गाइने मौलिक मेरि इजुको भाका सङ्कलन गरी गितमा नयाँपन दिएका छन। छोरिको पराई घर जादाँको पिडालाई गितको शब्द मार्फत प्रस्तुत गरिएको छ भने पुरानो चालचलन र परम्परालाई गौरब जोशी र जे आर भट्टले डोटेली भाषाको र्‍याप मार्फत व्याख्या गरेका छन।

 

Sana Kishan

जे आर भट्ट र झरना बोहराले अभिनय गरेको उक्त म्युजिक भिडियोमा पुष्प भट्टले छायांकन ,मासुम बिस्टले निर्देशन र बिस्णु खड्काले सम्पादन गरेका छन।

 

बैतडी जिल्लाको खोडपेमा जन्मिएका  गायक जे आर भट्ट सानै उमेर देखी प्रत्यक्ष डेउडा खेल्दै आईरहेका छन। उनले यो भन्दा अगाडी पनी केही गितहरुमा शब्द सिर्जना तथा केही डेउडा गितमा स्वयं आफैले स्वर दिएका छन। पछिल्लो समय जे आर भट्ट सामाजिक सञ्जालहरूमा देउडा प्रस्तुत गर्दै लाखौं दर्शकहरु माझँ छुट्टै पहिचान बनाउदै आएका छन ।

यसका साथै उक्त भिडियोमा बाशुदेव भट्ट, किशु पन्त, अमृत नाथ, दिपक भट्ट, मनोज भट्ट, रबि सानु, उमाकान्त जोशी तथा धिरज बुढाको समेत अभिनय रहेको छ भने श्रृङ्गार गायत्री भट्ट (गीत)को रहेको छ ।

भिडियो :

https://youtu.be/D0zB-y6axIc

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close