सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाटन नगरपालिकाका तीन वडामा स्वास्थ्य शिविर, ६ सय बढीले लिए सेवा

34
Sana Kishan

कञ्चनपुर –बैतडीको पाटन नगरपालिकाले विभिन्न वडामा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ६ सय बढी नगरबासीले सेवा लिएका छन् । नसर्ने रोग सम्बन्धि शिविर सञ्चालन गरेर वडामै नागरिकलाई सेवा दिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

वडा नं १, वडा नं ७ र वडा नं ५ मा सञ्चालन गरिएको शिविरबाट ६ सय ५७ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

Arus

शिविरमा समान्य चेकजाँच, सुगर तथा खकार परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खसेका महिलाहरुलाई रिङ पेसरी सेवा प्रदान गरिएको बताइएको छ । तीनओटै वडामा ४ सय ९० जनाको स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गरिएको बताइएको छ । यस्तै १ सय २१ जनाको खकार तथा सुगर परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

Karnali Traders

शिविरमा ४३ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको र ३ जना पाठेघर खसेका महिलाहरुलाई रिङ पेसरी सेवा प्रदान गरिएको उनले बताए ।

चिकित्सक सहितको सेवा प्रदान गर्ने उद्देश्यले वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिएको पाटन नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नसर्ने रोगहरु जनस्वास्थ्य समस्याको रुपमा देखा परेकाले यो बिषयमा नागरिकलाई शिविर मार्फत जानकारी समेत गराएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । अन्य वडाहरुमा पनि शिविरमार्फत सेवा दिने तयारी भएको उनले बताए । सगुन खबरबाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.