Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हास्यशृंखला ‘सक्किगो नि’को प्रसारण रोकियो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २१, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यश्रृंखला ‘सक्किगो नि’को प्रसारण रोकिएको छ । सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम रोकिएको टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले जनाएका छन् ।

जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले टेलिभिजन व्यवस्थापनसँगै सल्लाह गरेरै कार्यक्रम केही सातालाई रोकिएको बताए ।

 

अनलाइनखबरसँग पाँडेले भने, ‘टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको छ । यतिबेला हामी अलमलमा छौं । साथीहरुसँग बसेर छलफल गर्छौं र कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्छौं ।’ केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको पाँडेले जानकारी दिए ।

२०७७ मंसिर १७ गतेदेखि यो श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको समेत उनले जनाए ।

‘कन्टेन्ट बनाउँदा कहिले हाइ र कहिले लो भइहाल्छ । यद्यपि युट्युबमा पनि हाम्रो प्रत्येक एपिसोडको भ्युज २५ लाख हुन्थ्यो । विश्वकप फुटबलको समयमा पनि हामीले राम्रो लोकप्रियता हासिल गरेका थियौं,’ पाँडेले भने, ‘हामीले सय भाग पूरा गर्नु पनि टेलिभिजनको लागि उपलब्धिकै कुरा हो ।’

कुमार कट्टेल जिग्री र पाँडेले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेको यो सिरियलले गत साता सोलुखुम्बुको पतालेमा पुगेर १०० औं भागको खुसी साटेको थियो ।

हिमालय टेलिभिजनले पनि आजदेखि ‘सक्किगो नि’को प्रसारण स्थागित भएको पुष्टि गरेको छ ।

‘सय भागपछि नयाँ सिजन सुरु गर्ने र त्यसका लागि केही समय ब्रेक लिने भन्ने कार्यक्रम उत्पादन टिमको प्रस्ताव थियो,’ हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठले भने, ‘सिजन ३ कसरी कुन स्वरुपमा ल्याउने, कस्तो गुणस्तर हुने भन्नेबारे उहाँहरुसँग छलफल चलिरहेको छ, निर्माण टिमको प्रस्ताव अनुसार नै केही साताका लागि ब्रेक लिइएको हो ।’

उत्कृष्ट कन्टेन्टमाथि लगानी गर्ने हिमालय टीभी व्यवस्थापनको उच्च प्राथमिकता भएकाले बदलिंदो समयअनुसारका कन्टेन्टमाथि लगानीलाई निरन्तरता दिइने श्रेष्ठले बताए । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व