सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सत्ता गठबन्धनको बैठकमा के भयो?

काठमाडौँ– सत्ता गठबन्धनले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर जनजीविकालाई सहज बनाउनेबारे शीर्ष नेताहरुबीच छलफल गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले केही दिनमा गरेको कामको समीक्षासमेत गरेको छ।

Sana Kishan

बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल भएन । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि उनले बताए। गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले बिहीबार यसलाई टुंग्याउने पनि मन्त्री लामिछानेले बताए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। देश सञ्चार बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.