सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगरको खुला मञ्चमा आउँदो फागुन १ देखि महोत्सव लाग्ने

महेन्द्रनगर । महेन्द्रनगरको खुला्मञ्चमा आउँदो फागुन १ देखि महोत्सव लाग्ने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गरिने भएको हो । उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीका अनुसार सुदूरपश्चिम पर्यटन महोत्सवको तयारी भईरहेको छ ।

महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष जोशीले बताए ।
महोत्सवको तयारीका लागि मुल आयोजक समितिसँगै १५ वटा उप–समिति गठन गरिएको अध्यक्ष जोशीले बताए । तीन सय स्टल रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको अध्यक्ष जोशीले बताए । ‘कोरोना महामारीपछि आर्थिक गतिविधि पुर्ण रुपमा लयमा फर्कन सकेको छैन्, मेलाले यहाको अर्थतन्त्र लयमा फर्किनेछ’ अध्यक्ष जोशीले भने ‘यसपालि यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेका छौ ।’

Sana Kishan

उनका अनुसार स्थानीय घरेलु उद्योग, महिला उद्यमीको उत्पादन तथा सुदूरपश्चिमका परम्परागत उत्पादन मेलामा राखिने छन् । महोत्सवमा देउडा र विद्यालय स्तरीय कला प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरिएको अध्यक्ष जोशीले बताए । महोत्सव आयोजनाका लागि प्रायोजन तथा सह प्रायोजनका लागि प्रस्ताव आह्वन समेत गरिएको आयोजकले जनाएको छ । साथै मेलाबारे उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तह, संघका पुर्व अध्यक्षहरुसँग पनि छलफल सुरु गरेको संघका अध्यक्ष जोशीले बताए । उनले स्टल बुकिङ् समेत खुला गरिएको जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.