सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुकुम्वासी बस्ती हटाउन महानगरले गृह मन्त्रालयसँग सहयोग माग्यो

36
Sana Kishan

काठमाण्डौ महानगरपालिकाले थापाथलीको बाग्मती नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ ।

महानगरले आज बिहीवार एक पत्र पठाउँदै थापाथलीको बाग्मती नदी किनारको सुकुम्वासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो । बाग्मती नदी किनारमा अनधिकृतरूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेको र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने महानगरले पठाएको पत्रमा उल्लेख छ । मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गर्न महानगरले अनुरोध गरिएको छ ।

Arus
Karnali Traders

‘थापाथलीको बाग्मती नदी किनारको अव्यवस्थित÷अनधिकृत संरचना हटाइ त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यीकरण गर्ने काम तत्काल अगाडि बढाउन बाग्मती सभ्यता एकीकृत विकास परियोजनाबाट पनि अनुरोध भइ आएको र त्यो क्षैत्र खाली गराउन महानगरले प्रयास अगाडि बढाएको भए पनि सफल हुन सकेको छैन’, पत्रमा उल्लेख छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.