Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कैलाली र कञ्चनपुरमा तापक्रम झर्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहरसँगै कुहिरो बढिरहेको छ । केही दिनदेखि कैलाली र कञ्चनपुरमा दिनभरिजसो बाक्लो कुहिरो लाग्दै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली तथा कञ्चनपुरसहित पश्चिम तराईका धेरै स्थान कुहिरोले प्रभावित भएको छ । महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा जारी गरेको मौसमी अवस्थामा धनगढीमा न्यूनतम तापक्रम नौ डिग्री छ । सोमबार धनगढीको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री थियो ।

धनगढीमा मङ्गलबार न्यूनतम तापक्रममा केही सुधार भए पनि बाक्लो कुहिरो भने बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा दृष्यात्मक ९पारदर्शिता० शून्य दशमलव एक माइल रहेको छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै रहने महाशाखाको भनाइ छ ।

धनगढीमा मङ्गलबारदेखि हुस्सु तथा कुहिरोको प्रभाव थिएन । महाशाखाका अनुसार पारदर्शिता छ हजार माइल रहेको थियो । महाशाखाले हुस्सु मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको उल्लेख गरेको छ । “बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ र मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने देखिन्छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ”, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा पनि अझै तराईका जिल्लामा हुस्सु तथा कुहिरोको प्रभाव कायम रहेकाले सावधानी अपनाउन सुझाव दिएको छ । कुहिरो, हुस्सु तथा शीतलहरका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । एकाएक ह्वात्तै चिसो बढेकाले विभिन्न सङ्क्रमणको रोग प्रकोप फैलिन सक्ने देखिएको छ । चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिन सक्ने डा जगदिश जोशीले बताए ।

कैलालीमा चिसो बढ्दै गए पनि स्थानीय प्रशासन तथा सरोकारवालाले आमनागरिकलाई चिसोबाट बचाउने गरी कार्यक्रम अघि बढाउन सकेका छैनन् । चिसोका कारण सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अतिविपन्न घरपरिवार प्रभावित हुने गरेका छन् । विगतमा स्थानीय सरकारले न्यानो कपडा वितरण, चोक–चोकमा दाउरा वितरणलगायत काम गरे पनि पछिल्लो समय यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेको छैन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले आवश्यकताअनुसार दाउरा मौज्दात रहेको बताए । उनले स्थानीय तहहरूले माग गरेमा आवश्यकताअनुसार दाउरा उपलब्ध गराउन सक्ने बताए । उनले भने , “यद्यपि अहिलेसम्म कुनै स्थानीय तहबाट दाउरा माग भएको छैन ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि अहिलेसम्म बस्न नसकेको जनाइएको छ । चिसोबाट कसैको मृत्यु हुन नदिन आवश्यक सतर्कताका कार्यक्रम अघि बढाउन निर्देशन दिने सो समितिको बैठक आह्वान हुन नसकेको जनाइएको छ । कैलालीमा चिसोकै कारण विगत वर्षहरूमा ११ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा कैलालीको पहलमानपुरमा चिसोका कारण तीन जनाको मृत्यु भएको थियो भने सन् २००३ मा चिसोका कारण दुई जनाको मृत्यु भएको थियो । सन् २०१४ देखि सन् २०२२ को अवधिमा कैलालीमा चिसोका कारण कुनै व्यक्तिको मृत्यु नभए पनि जोखिम भने यथावत रहेको विज्ञहरू बताउँछन् । डा निराजन शर्माका अनुसार जाडो मौसममा विभिन्न किसिमका फ्लुको सङ्क्रमण बढ्ने डर बढी हुन्छ ।

मौसमी फ्लु ः तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर मानव शरीरमा हुने गर्दछ । चिसोमा शरीरको ताप घट्दा बढी चिसो महसुस हुन्छ । बाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जतिबेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै व्यक्तिको श्वासप्रश्वास, खोकी, हाच्छ्युँ र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लु सर्न सक्छ । सङ्क्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्ने डा शर्माको भनाइ छ ।

बच्ने उपाय ः शरीरले तापक्रम ‘एडजस्ट’ गर्न नसक्ने भएकाले जाडोमा अत्यधिक चिसो वा तातोमा स्थानमा नबस्न विज्ञहरू बताउँछन् । वातानुकूलित कोठामा बसेर बाहिर निस्किँदा शरीरले एकैचोटी बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न डा शर्माले सुझाव दिए ।

खोकी ः धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम बढ्ने गर्दछ । पिनासको समस्या भएकालाई धुलाले बढी असर पु¥याउँछ ।

बच्ने उपाय ः खोकीबाट बच्न खानेकुरामा विशेष सावधानी पु¥याउनु पर्दछ । नियमितरूपमा तातोपानी सेवन गर्नुपर्छ । शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा कोल्डड्रिंक्स खानुहुन्न । बाहिर निस्किँदा मास्क लगाउनुपर्छ ।

फुस्रो छाला ः चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ ।

बच्ने उपाय ः डा निराजन शमाका अनुसार फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ । रासस

टाउको दुख्ने ः चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ ।

बच्ने उपाय ः उनीको टोपी, मफलरलगायत न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकाले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।

जाडोको सामना कसरी गर्ने ?

हरेक पटक मौसम परिवर्तन हुन्छ तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिवर्तित मौसममा ‘एडजस्ट’ गर्ने समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुन्छ र शरीर विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् । विचार नपु¥याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्न सक्ने भएकाले सतर्कता अपनाउन सल्लाह दिन्छन् सुझाव दिन्छन् डा निराजन शर्मा । गोदावरी न्युजबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व