
कैलालीको धनगढीबाट बाघको हड्डी, नक्कली नोट र जडिबुटी सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ राजपुर स्थित एसएस होटलमा कोठा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका–६ बस्ने ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका–१० बस्ने ३० वर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका–१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त घटनाको अनुसन्धान गर्दै जादाँ धनगढीमै कोठा भाडामा लिई डोटीको शिखर नगरपालिका–१० बस्ने १९ वर्षीय टेकेन्द्र धामी पनि पक्राउ परेको प्रहरीले जनाएको छ। बाघको हड्डी र जडिबुटी लगायतका सामग्री पनि प्रहरीले धामीकै कोठाबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताएका छन्।

उनीहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार नक्कली नोट, ५ किलो ५३० ग्राम बाघको जस्तो देखिने अस्थीपंजर हड्डीहरु, बैंक तथा आईएमई भौचर तथा चेकहरु, जडिबुढी वनस्पतीका बोक्राहरु र फलामका टुक्राहरु बरामद गरेको जनाएको छ। लुम्बिनी पाना बाट सभार
