सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नयाँ सरकारलाई शेयर बजारको हरियो झण्डा, ५६ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

34
Sana Kishan

नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

अन्यबाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ५० वटा कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Arus
Karnali Traders

आज गुराँस फाइनान्स, रिलायन्स फाइनान्स, धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रो, विन्ध्यवासिनी हाइड्रो, अरुण भ्याली हाइड्रो, युनियन हाइड्रो, हिमालयन एभरेस्ट इन्सुरेन्स र समृद्धि फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार हरियाली भए पनि नेपाल टेलिकमको शेयर साढे पाँच प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।

अर्थमन्त्रीमा नेकपा एमालेबाट विष्णु पौडेल नियुक्त हुने चर्चासँगै शेयर बजार आज उच्च अङ्कले बढेको हो । यसअघि पनि पौडेल अर्थमन्त्री हुँदा बजारले उच्च अङ्कको कीर्तिमान बनाएको थियो । त्यही कारण लगानीकर्ता उत्साहित भएका देखिएको हो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.