सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना जोखिम : स्वास्थ्यका मापदण्ड अपनाउन बैतडी प्रशासनको आग्रह

कोरोना भाइरसको जोखिम फेरी बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेको जनाएको छ ।

बैतडी पनि भारतसंग सीमाना जोडिएको जिल्ला भएकाले कोरोनाको जोखिमबाट बच्न स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । भीडभाड हुने स्थलमा सकभर नजान र जानै परे मास्क, सेनेटाइजरको प्रयोग गर्नुपर्नेमा प्रशासनले जोड दिएको छ । यस्तै सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क, सेनेटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरिएको छ ।

यस्तै कोभीड –१९ विरुद्ध खोपको बुस्टर मात्रा लगाउन छुट भएकाहरुले नजिकका स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत आग्रह गरिएको छ ।

Mahakali Polytechnic

सगुन खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds