सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
15 SP Vyapar Mela long Ad

डोटीका भूकम्प पीडितलाई काठमाडौं महानगरपालिकाको सहयोग

19
Sana Kishan

डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्प पीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छजनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए ।

Arus
Karnali Traders

काठमाडौं महानगरपालिकामा डोटीका भूकम्प पीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए । उनले भने, ’भूकम्प पीडितका समस्याका विषयमा हामीले जानकारी पायौं र केही रकम आर्थिक सहयोग गरेका छौं, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’

उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौं महानगर पालिकाले जनाएको छ । अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.