सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार साढे १४ अङ्कले घट्यो

लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

Sana Kishan

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंकको प्रमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि रुरु जलविद्युत् परियोजना र इष्टर्न हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.