सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार सामान्य घट्यो, ७२ करोड ७८ लाख रुपैयाँको कारोबार

शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ ।

Sana Kishan

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधनबाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलइान बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.