

शेयर बजार आज मङ्गलवार फेरि घटेको छ । हिजो सोमवार १६ दशमलव ९७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो ।
आज कारोबार रकम पनि घटेको छ । हिजो एक अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ४८ वटा कम्पनीको २० लाख ५८ हजार कित्ता शेयर ७७ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको सात करोड १७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


आज जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से सूचक घटेको दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार
