सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आज १७ अङ्कले बढ्यो

हिजो (आइतवार) ३२ अङ्कले घटेको शेयर बजार आज (सोमवार) भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अङ्कले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ ।

Sana Kishan

आज बैंकिङबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज दुई सय ४५ वटा कम्पनीको ४४ लाख ७० हजार कित्ता शेयर एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को शेयर १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै छ प्रतिशतले घटेको छ । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close