सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

३२ अङ्कले घटेर नेप्से १९ सय विन्दुभन्दा तल झर्‍यो

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ विन्दुमा झरेको छ ।

Sana Kishan

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता शेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नदिप लघुवित्तको शेयर १० प्रतिशत र पाँचथर पावर कम्पनीको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.