सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीस्थित सेती नदीमा बगेर एक युवकको मृत्यु

डोटीस्थित सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका वडा नम्बर २ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर ज्यान गएको हो ।

Sana Kishan

शनिबार दिउँसो करीब २ बजेको समयमा उनको नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर लक्ष्मीराज जोशीले बताए । स्थानीयले नदीमा तैरिइरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

गोविन्द बोगटी नदी किनारमा गएको र त्यहाँबाट चिप्लिएर बगेको प्रहरीले जनाएको छ । अहिले उनको शव पोस्टमार्टमको तयारी भइरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.