सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार साँझ से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ उकालीका ३६ बर्षीय चालक तेजबहादुर साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Sana Kishan

सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक बाहेक अरु कोही पनि नभएको जनाइएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.