सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदुरपश्चिम महोत्सव २०७९ प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

सुदुरपश्चिम महोत्सव २०७९ को प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । आज एक कार्यक्रमका बिच प्रधानमन्त्री देउवाल पुष २ गतेसम्म सञ्चालन हुने सुदुरपश्चिम महोत्सवको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले पानसमा बत्ति बालेर महोत्सवको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री देउवा नेपाली सेनाको जहाजमा धनगढी आएका हुन् । देउवासँगै एकीकृत समाजवादीका नेतासमेत रहेका अछामबाट नवनिर्वाचित साँसद तथा श्रममन्त्री शेरबहादुर कुँवर पनि सहभागी छन । २०६३ सालदेखि हुँदै आएको सुदुरपश्चिम महोत्सबको यो १६ औं संस्करण हो ।

महोत्सवमा चार सय बढि स्टलहरू छन् । महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोवाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सय बढि स्टल छन् ।

महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कलासंस्कृति, खानपान, भाषाको संरक्षणसहित व्यवसायिक रुपमा सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने विश्वास लिएको छ । गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.